लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान लेटाङ नगरपालिकामा सुरु

Enepal Patra Pvt. Ltd. , ६९१  पटक हेरिएको

लेटाङ, १० मंसिर । लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान लेटाङ नगरपालिकाले समेत सुरु गरेको छ । देशै भर “लैँगिक हिंसा अन्त्यको प्रतिबद्दता: ब्यक्ती , समाज र सबैको ऐक्यबद्धता ।” भन्ने नारा सहित देशैभर यो दिवश मनाईदैछ ।
कार्यक्रमलाई लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले कार्यक्रमलाई बिधिबत उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अहिंसाको प्रतिकका रुपमा सेतो रिबन सबैले लगाएका थिए भने ब्यानरमा प्रतिबद्दता सहितको हस्ताक्षर गरेका छन । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत अच्युतप्रसाद दाहाल , उपसचिव कृष्णराज राई, वडा अध्यक्ष देवराज चाम्लिङ लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम महिला शाखाकि प्रमुख देविमाया बस्नेतले सन्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२०-११-२५ , समय : १२:०७:१२ , ३ वर्ष अगाडि