नितिका एण्ड राज कन्ट्रक्सनले ईन्जिनियर लाई अटेर गर्देे पुनः सडक निर्माणमा लापरबाही

Enepal Patra Pvt. Ltd. , ५२३  पटक हेरिएको

रबिन्द्र बराल

रंगेली ९ मंसिर । माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरकाे घर अगाडि हुलाकी सडक लाई छुने कालोपत्रे सडक निर्माणकाे लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय ९४ रुपैयाँमा नितिका एण्ड राज कन्ट्रक्सन सप्तरी लाई २०७५ चैत्र १३ गते ठेक्काकाे सम्झौता पाएकाे थियो । निकिताले २०७६ असार २० गते निर्माण सम्पन गर्ने भनिएता पनि विभिन्न कारण देखाउदै बारम्बार समय अबधि थप गरेता पनि हाल सम्म पनि उक्त सडककाे काम सम्पन्न हुन सकेको छैन । साे कम्पनीले कालाेे पत्रे गर्ने काम सुरु गरेता पनि सडकमा भने माटाेेकाे मिस्रण नहटाई धुलाे र माटाेे जमेकैैै ठाउँमा रातिको समयम कालोपत्रे गर्नु भन्दा अगाडि गरिने प्राईम काेड लगाएकाे खवर विभिन्न अनलाइनमा समचार सम्प्रेसण भए पछि आईतबार नगरपालिकाका ईन्जिनियर श्याम सिहं लगायतकाेे टाेलिले उक्त सडकाे निरिक्षण गरेका थिए । ईन्जिनियरले साे सडक पुनः राम्रो संग सफा र माटाेकाे मिस्रण हटाएर मात्रै पुनः प्राईम काेड लगाउन निर्देशन दिएता पनि निकिता एण्ड राज कन्ट्रक्सनका प्रमुख दिनेश साहले भने ईन्जिनियरकाे निर्देशन लाई अटेर गर्दे उक्त कम्पनीले पुनः साेमबार राति ५ बजे साे सडकमा पुनः प्राईम काेड लगाएका छन । यसरी ठेक्केदार कम्पनीले रातिको समयमा धुलाे नहटाई प्राईम काेड लगाउदा उक्त सडक कति समय सम्म बलियो र टिकाउ हाेला साेझै अनुमान लगाउन सकिन्छ । साे बिषयमा जानकारी लिदा ठेक्केदार दिनेेश साहले भने आफुु ले साे सडक राम्रोसँग सफा गरेर प्राईम काेेड गरेको भन्दैै पन्छिन खाेेेेजे । साे ठेक्केदार कम्पनी ले सडक निर्माणकार्य गर्दा उक्त सडक काे कुल लागत , ठेक्का पाएकाे सम्झौता र सम्पन हुने समय अबधि काे बारेमा सबै स्थानीय लाई जानकारी गराउन सुचना पाटि अनिवार्य राख्नुपर्ने भएता पनि उक्त कम्पनी ले भने सुचना पाटि समेत कुनै ठाउँमा न रहेको स्थानीयले बताए । बारम्बार यस्तो लापरबाही गर्ने ठेक्केेेेदार कम्पनी लाई नगरपालिकाले कस्तो कार्वाही त्याे भने हेर्ने बाँकी रहेको छ ।

प्रकाशित मिति: २०२०-११-२४ , समय : ०६:५५:३४ , ३ वर्ष अगाडि