नेपालमा कोरोनाको वर्तमान अवस्था अबको हाम्रो दायित्व र जिम्मेवारी

Enepal Patra Pvt. Ltd. , ७९०  पटक हेरिएको

लेटाङ ७ कार्तिक। कोभिड १९-कोरोना भाइरस चिनको बुहान प्रान्त बाट सुरु भइ बिस्वका धेरै देस घुम्दै हाम्रो देसमा पनिआइ पुगेको छ।सुरुका दिनहरुमा फलानो देसमा कोरोना भाइरसका एतिजना सक्रमित भए एतिको मृत्यु भयो भन्दा यो कुरा कपोकल्पित र झुठा कुरा होला भनेर पत्याउनै गारो लाग्दथियो।पछि घुम्दै फिर्दै हाम्रै देसका बिभिन्न स्थान हरुमा कोरोना सक्रमित एति भए एति निको र एतिको मृत्यु भयो भन्ने सुन्दा र सामाजिक सन्जाल हरुमा देख्दा नि हैन होला यो कोरोना भनेको सामान्य रुघा खोकि मात्र हो हल्ला चाहि धेरै भएको मात्र हो जस्तो भयो।

सुरु सुरु का दिनमा कोरोना सक्रमित लाइ सरकार ले राम्रै सेवा सुबिधा सहित अस्पतालमा उपचार गरायो र सक्रमित ठिक भएपछि पत्रकार सम्मेलन गरेर, बिमारि लाइ फुलमाला लगाएर, अस्पताल बाट घर सम्म पुग्ने एम्बुलेन्सको ब्यबस्था गरेर सरकार का मन्त्री हरु स्वयम उपस्थित भएर अस्पताल बाट डिस्चार्ज गराएको देखियो।बाहिर बाट आउने मानिस हरुलाइ १४ दिन सम्म क्वारेनटाइन मा राख्न को लागि सघिय,प्रदेस र स्थानिय सरकार समेत ले सुबिधा सम्पन्न क्वारेन्टाइन को स्थापना गरेर सन्तुलित भोजन , टाइम टाइम को खाजा खाना, फ्री वाइ फाइ, ब्यायामको ब्यवस्था लगायत को प्रबन्ध गरेको थियो।

नेपाल मा आफुलाइ आयुर्वेद को ज्ञाता हु भन्ने र राजनितिक सास्त्र पढेका केहि विद्वानहरु ले यो कोरोना केहि हैन सामान्य जातको भाइरस हो WHO ले अतिरन्जित गरेको मात्र हो यो ब्यापार हो भनेर नेपालका ठुला ठुला टेलिभिजन, युटुब च्यानल हरु बाट अन्तरबार्ता दिएको देखियो सुनियो। अझ अन्तरबार्तामा आ आफ्नै सैलिमा जस्लाइ जे मन लाग्यो तेहि भनेको नि सुनियो। जस्तै कसैले गुर्जो जेठिमधु,बेसार पानी, आदि आदि खान लाइ सुझाएको पाइयो।

तर तेस्को मात्रा कति खाने कतिचोटि खाने कति खेर खाने जस्ता कुरा हरु र तेस्को मात्रा मिलेन भने त्यस बाट हुने असर को बारेमा त्यस्ता बिज्ञ कहिकतै बोलेको पाइएन। तेहि भनाइ मा लागेर हामिले जथाभाबि ति कुरा हरु सेवन गरेका कारण आज आएर किड्नी, कलेजो का बिरामि हरु को सख्या अस्पताल हरु मा ह्वात्तै बढेको एक अध्यनले देखाएको छ।उल्लेखित कुराहरु प्रसोधन गरेर मात्रा मिलाएर चिकित्सकको सल्लाह अनुसार सेवन गर्दा ठिकै होला तर कोरोना मुक्त हुन तथा नलागोस भनेर २४ सै घन्टा तेस्ता जरिबुटि हरु सेबन का कारण आज हजारौ मानिस हरुमा अन्य रोग थपिएको पाइएको छ।

हामि नेपालि हरुलाइ त मलाइ एस्तो भाको छ भनेर कुनै बिमार बतायो भने यति छिटो डा. भेटिन्छ कि यो यो खा एसो एसो गर चटहुन्छ भनेर छिटो सल्लाह पाइ हालिन्छ। त्यस को असरका बारेमा जे सुकै होस बुज्न आवस्यक छैन ।हामि त्यो अबस्था बाट गुज्रि राखेकोछौ। जतिबेला देस स-ससस्त्र युद्धमा थियो तेतिबेला प्रेत्येक दिन बिहान बेलुकि रेडियोमा यति मान्छे मरे उति मान्छे मरे भन्ने सुनिन्थियो अहिले कोरोना भाइरसका कारण मृत्यु हुने यति र उति भनेर सुन्न,पढ्न र हेर्न परि रहेको अबस्था छ।

देसमा कोरोना सक्रमित को सख्या र मृत्यु हुने सख्या दिनानुदिन बड्दै अहिले भयावहको अबस्थामा आइ पुगेको छौ ।अहिले सरकार ले न क्वारेनटाइन,न आइसोलेसन,न पिसिआर टेस्ट केहि गर्न सकिन्न,कोरोना को लक्षण देखिए घरमै सुरक्षित बस्नु सारै भए अस्पताल आउनु भन्ने उद्घोष गरेको छ। कोरोना सक्रमित भएर अस्पताल जानु परो भने अस्पताल सम्म लाने सवारि साधन पाइदैन यदि पाइ हाल्यो भने अस्पताल चाहर्दा चाहर्दै सक्रमित को मृत्युु भएका उदाहरणहरु प्रसस्त छन।

सरकारि अस्पताल मा त पहुच नभाका ले यो सेवा पाउने अबस्था नै छैन निजि अस्पताल मा अलि हुनेखाने हरु ले नै भरिएको हुन्छ हुदा खाने ले त्यो अबसर पाउदैन र मृत्युवरण गर्न बाध्य हुन्छ र मरि सके पछि स्वाब निकालेर परिक्षण गरेर पुस्टि भए लास अबिभाबक बाट खोसेर लगिन्छ कहा लगिन्छ के गरिन्छ कसरि दाहसस्कार गरिन्छ आफन्त र अबिभाबक बेखबर हुन्छ्न।

यस महामारि लाइ पुरै रोक्न नसकेपनि सम्भाबित क्षति न्युनिकरण गर्नसकिने हुदा स्वास्थ क्षेत्रमा खर्च हैन लगानि गरिने र यसको फाइदा दिर्घकालिन रुपमा हुने भएको ले यो कोरोना भाइरस लाइ नियन्त्रण गर्न ७५३ वटै पालिकामा पिसिआर परिक्षण गर्ने मेसिन , जोखिम र जनसख्याका आधारमा हरेक पालिका मा २५ देखि १०० सैया सम्म को सुबिधा सम्पन्न अस्पताल को निर्माण र जनसक्तिको ब्याबस्थापन, लगायत का काम गर्न के ले रोक्यो? के ले दिएन ?यहि कोरोना भाइरस को बारेमा सरकारको तर्फबाट जनतालाइ दिने सेवा सुबिधा बारेमा स्वास्थ मन्त्रालयका प्रबक्ता को एउटा कुरा,स्वास्थ मन्त्रीको एउटा कुरा प्रधानमन्त्री को एउटा कुरा गरेर जनतालाइ दिग्भ्रमित पार्ने कुराहरु आइ राखेका हुन्छ्न।

जस्तै कोरोना सक्रमितको सम्पुण उपचार सरकारले बेहोर्छ भनेर आउछ कोरोना लागो लागेन भन्ने एकिन हुने खर्च चै बेहोर्ने हो कि हैन? एस्ता कुरा अलि गहन छलफल गरेर स्पस्ट सङ आउदा सामान्य नागरिक लाइ बुझ्न सजिलो हुने थियो।दुइ तिहाइ बहुमतको सरकार छ जनताले ठुलो आशा र भरोसा गरेका छन यो सरकार सङ तर हरेक कार्यालयमा ढिला सुस्ति छ। काम गर्न जादा यो नियम ले दिदैन यो
कानुले दिदैन भनेर जनताका अति आवस्यक काम हरु रोकिएका छन रोकिन्छन तेस्ता कानुन नियम हरु तुरुन्त सम्सोधन गरेर छिटो र छरितो काम हुने बाताबरण गर्न के ले रोक्यो? सरकार! के देखिन्छ भने पहिलो कुरा मन्त्रीहरु लाइ बिसयगत कुराको ज्ञानको कमि अर्को कुरा अब यतिकै पुगि हाल्छ भन्ने सोच र आउने निर्बाचन लाइ बिर्सिनु नै प्रमुख कारण हो।तसर्थ अलि गम्भिर भएर मन्त्रीहरुले झोले हरुलाइ मात्र सल्लाकार र स्वकिय सचिबमा नराखेर बिसयगत ज्ञान् भएका ब्याक्ति हरु लाइ सल्लाकार मा राखेर काम गर्ने हो भने देस ले बिकास मा छलाङ मार्न सक्छ नत्र त खै के खै के मात्र हुने छ।

कोभिड-19 कै कारण सामाजिक,सास्कृतिक,आर्थिक र सैक्षिक लगायतक्षेत्रमाअसर अहिलेत छदै छ अबको २० बर्ष पछि सम्म देखिने छ। त्यसैले तत्काल स्वास्थ सङ्कटकाल घोसणा गरि ब्यारेकमा रहेको सेना,स-सस्त्र प्रहरी र नेपाल प्रहरि सङै सरकारि तथा निजि अस्पताल का स्वास्थ कर्मचारि र सेवानिबृत स्वास्थ कर्मचारि समेतलाइ गाउ गाउमा परिचालन गरि स्वास्थ सचेतना,उपचार,रेख्देख र नियन्त्रण गर्न ढिला भै सकेको छ। यहि अबस्था वृद्धि हुदै जाने हो भने त्यो अबस्थामा लास सम्म उठाउने मान्छे नपाइन सक्छ ।बेलैमा सदबुद्दिआएन भने केटाकेटि आए गुलेलि खेलाए मट्याङ्ग्रा को सत्यनास भनेझै अहिले सम्म्को सबै प्रयास निरर्थक हुने छन।

स्वास्थ कर्मचारि र सेवानिबृत स्वास्थ कर्मचारि समेतलाइ कोरोना नियन्त्रण र रोकथाम मा हामि कहा चुकिउ र चुकि राखेको छौ त्यो समिक्षा गर्न जरुरि छ ।हामि बिकसित मुलुक र स्वास्थ को यथेस्ट ब्यवस्था भएका देसको उदाहरण दिने गर्दछौ।तर ति देसको जस्तो जनस्वास्थ्य को प्रबन्ध गर्न तर्फ कहिले लागिनौ ।अब ढिला भै सक्यो कुनै राजनितिक स्वार्थ नराखि नेपाल मा भएका सबै राजनितिक दलहरु एक ठाउमा बसेर यो महामारि बिरुद्द दृड संकल्पित भएर लागौ ।जनता रहे फेरि राजनिति गरौला नत्र न रहे बाँस न बजे मुरलि हुने छ । (लेखक लेटाङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष हुनुहुन्छ । )

प्रकाशित मिति: २०२०-१०-२३ , समय : १०:५८:५४ , ३ वर्ष अगाडि