गेउरिया पुलकाे निर्माण कार्य सुरु

चैत्र महिना सम्म सम्पन हुने

Enepal Patra Pvt. Ltd. , ७७३  पटक हेरिएको

रबिन्द्र बराल
रंगेली  ४ कार्तिक । माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँ पालिका २ स्थित गेउरीया पुल निर्माण कार्य सुरु भएको छ । बिगत ६ बर्ष देखि निर्माण हुन नसकेकाे खवर एक महिना अगाडि विभिन्न अनलाइन मार्फत सडक डिभिजन कार्यलय माेरङ का प्रमुख पशुपति ज्ञवाली ले उक्त पुल निर्माण गर्नका लागि फिचर एन्ड सराउद्धिन जेवि लाई कडा निर्देशन दिने र काम सुरु नगरेमा उक्त कम्पनी लाई कालाे सुचिमा राख्ने समेत चेतावनी दिए पछि अहिले उक्त पुल काे निर्माणकार्य सुरु भएको छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेवि ले १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँ मा पुल निर्माणकार्य का लागि ठेक्का पाएकाे थियोे । सराउद्विन जेवि का प्रमुख सराउद्घिन अनसारी का अनुसार चैत्र महिना सम्म पुल काे सम्पुर्ण काम सम्पन्न गर्ने र बैशाख महिना देखि साे पुल बाट आवत जावत हुने उनलेे बताए । दैनिकी उक्त सडक बाट सयौं सवारीसाधन हरु आवतजावत गर्ने भएका ले स्थानीय खुशिले हर्सित समेत भएका छन । स्थानीय पुन्य प्रसाद रिमाल ले भनेे अब चाहिँ पुल बन्ने आसा बडिरहेकाे र चाडै काम सम्पन्न भए यस भेगका स्थानीय ले वर्षा याममा सहज हुने बिश्वास समेत लिएका छन ।

प्रकाशित मिति: २०२०-१०-२० , समय : १५:२२:२६ , ४ वर्ष अगाडि