पोइसा नहुदा उपचारमा समस्या , सहयोगको अपिल

Enepal Patra Pvt. Ltd. , ७३१  पटक हेरिएको

पथरी २४ भदौ । पथरि सनिच्चरे नगरपालिका–४ प्रगति टोलको चित्र बहादुर ठकुरी विगत केहि समय देखी बल्ड क्यान्सर , सुगर, थाइराईड, प्रेसर जस्ता रोगले थलिएर बसका छन। आर्थिक अवस्था न्यून भएका कारण अहिले चित्र बहादुर ठकुरी अस्पताल समेत जान सकेका छैनन् ।

भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराउँदा भएको जायजेथा, पैसा पनि सकिएको उनको आमा भक्त कुमारि ठकुरी ले बताइन । आर्थिक समस्याकै कारणले आफ्नो छोराको स्वास्थ्य समस्या बढिरहेको भन्दै उनले सहयोगको अपिल पनि गरिन ।

छोराको उपचारका लागि आफुहरुसंग पैसा नभएको कारण अहिले गाउँसमाज, आफन्त, संघ–संस्था तथा सामजिक ब्याक्तित्वलाइ सहयोगको अपिल गरीरहेको उनले बताइन ।

बिरामी भएका चित्र बहादुर ठकुरि अहिले ४४ वर्ष पुगे । परिवारको आर्थिक स्थिति पनि कमजोर भएको र अब उपचार खर्च धान्न नसक्ने स्थिति उत्पन्न भएकोले सहयोगको अपिल गरेको आमा भक्त कुमारि ठकुरिले ले बताइन।

प्रकाशित मिति: २०२०-०९-०९ , समय : १३:५१:३१ , ४ वर्ष अगाडि