आर्थिक अभावका कारण ३२ बर्षका जितु जीवन र मरणको दोसाँधमा

Enepal Patra Pvt. Ltd. , ३९९  पटक हेरिएको

रबिन्द्र बराल

रंगेली, १३ भदौ । मोरङकोे सुनवर्सि नगरपालिका ६ स्थित कैमीमा बसोवास गर्दे आएका ३० बर्षका जितु हाँस्दा बिगत ४ महिना देखि प्यारलाईसिस (लक्वा ) रोग बाट ओछ्यान बाट उठन समेत सकेका छैनन् । बिगत १० बर्ष देखि गाउँ घरमा ट्याक्टर चालकको रुपमा काम गरेर आफ्नो ८ परिवार लाई पालनपोषण गर्दे आईरहेका जितु अहिले प्यारलाईसिस रोग बाट दुुुबै हातखुट्टा चल्न छाडे पछि उनी अहिले ओछ्यानमै जीवन र मरण को सङ्घारमा छट्पटी रहेका छन ।

उनका बुवा फागु हाँस्दाले भने आफू संग भएको जग्गा समेत धितो पास गरेर १ लाख रुपैयाँ ऋिण लिएर छोरा को उपचार गरेता पनि उनको रोग भने निको भएको छैन । बैसाख २६ गते सामान्य काम गरेर घर फर्किएका जितु खाना खाने समयमा उनी एक्कासि लडेपछि उनलाई उपचारका लागि बिराटनगर स्थित नोवेल अस्पताल उपचार गर्ने लगेको उनको बुवा फागुले बताए ।

उनले भने नोवेल अस्पतालमा एक रातमा आफुले ५० हजार रुपैयाँ खर्च गरेपछि २७ गते आफू संग पैसा नभए पछि छोरा लाई घर ल्याउनु परेको फागुले बताए । अहिले उनको घरमा बुवा, आमा र श्रीमति र ७ बर्षको छोरी ,२ र ६ बर्षको छोरा समते एकै घरमा बस्दै आईरहेका छन । उनको घरमा अहिले हातमुख जोडन समेत निकै समस्या परेको छ । घरमा दुई छाक टार्न समते धौध परिरहेको अबस्थामा अब कसरी श्रीमानको उपचार गर्नु भन्दै उनको श्रीमती दुर्गाले बिलौना गरिरहेकि छन । केही दिन अगाडि घरमा खाधन्य समेत नहुदा स्थानीयले दिएको चामल पकाएर सबै परिवारलाई खुवाएको समेत दुर्गाले बताईन । दुर्गाले भनिन आफू काम गर्ने जाउ भने दिन भरि श्रीमानको स्यारसुसार गर्नु पर्छ बुबा आमा , बृद्ध हुनुहुन्छ छोरा छोरी स-सानै छन अब परिवारलाई पालनपोषण गर्नु कि काम गर्न जानू भन्दै बिलौना गरिरहेकि छन ।

 

प्रकाशित मिति: २०२०-०८-२९ , समय : ०८:१०:३७ , ४ वर्ष अगाडि