नुवाकोट, ४ फागुन । जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा शिविरमा ३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

विदुर नपा–७ तुप्चेको चण्डेश्वरी माविमा नुवाकोट सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको तीनदिने शिविरमा ३१५ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो । शिविरमा मोतियाविन्दुको कारण आँखाको ज्योति गुमाएका सातको शल्याक्रियापछि आँखा देख्न सक्ने समेत भएको नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख शङ्कर अधिकारीले जानकारी दिनुभयो ।

ग्रामीण भेगमा रहेको आँखाका बिरामीलाई सहजरूपमा शल्यक्रियासहितको उपचारको व्यवस्था गर्न शिविर आयोजना गरिएको हो । शुक्रबार सम्पन्न शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रचनासिंह राणासहितको २० जनाको टोली खटिएको थियो ।

माघ १७ गतेबाट जिल्लाको विभिन्न स्थानमा सञ्चालन भएको आँखा शिविरमा दुई हजार २०७ जनाको आँखा परीक्षण भएको नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो । जिल्लामा १२ स्थानमा आँखा शिविर सञ्चालन गरिएको अधिकारीले बताउनुभयो । आँखा शिविर जिल्लामा भद्रुटार, पञ्चकन्या, राउतबँेसी, हल्देकालिका, देउराली, मदानपुर, चौघडा, किम्ताङ, भाल्चे, दाङसिङ, देवीघाटमा सञ्चालन भएको थियो ।

उक्त शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने आँखाका २२६ बिरामीको पहिचान गरिएको थियो भने नुवाकोट सामुदायिक आँखा केन्द्रमा आँखा परीक्षणको क्रममा मोतियाविन्दु भएका भेटिएका सहित तीनदिने शिविरमा ४८६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिने योजना रहेको भए पनि सबै बिरामीको सहभागिता नभएकाले सङ्ख्या केही कम भएको आयोजकले जनाएको छ ।(रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.