श्री मा.वि.को अध्यक्षमा खेमराज

Enepal Patra Pvt. Ltd. , ७०६  पटक हेरिएको

डम्बर सिन्चिउरी
जाँते ८ भदौ। उत्तरी मोरङ्गका निकै पुराना विद्यालय मध्येकै एक श्री माध्यमिक विद्यालय लेटाङ्ग ९ जाँतेको विद्यालय व्यावस्थापन समितिमा खेमराज ढकाल(ईन्द्र) निर्वाचित भएका छन् ।

झण्डै सात महिना अघि छनौट भएको समितिलाई पुर्णता दिन हिजो भएको निर्वाचन प्रक्रिया बाट ढकाल निर्वाचित भएका हुन् ।
०७६ माघ २६ गते भएको अविभावक भेलाले अबिभावक मध्ये बाट सन्त वीर सेन्दाङ्ग, भुपेश लिम्बू , गीता फुँएल र धनमाया मंग्रातीलाई छनौट गरेको थियो । तत्कालै नगरपालिका बाट समेत हस्त माया राई (मगर) र लक्ष्मी थाङ्गदेनलाई उक्त विद्यालय व्यावस्थापनमा मनोनित गरीएको थियो । यसैगरी समितको पदेन सदस्य सचिवमा विद्यालय प्रधानध्यापक खेम राज दुलाल र शिक्षक प्रतिनिधिमा प्रकाश चन्द्र तिंसिना रहने निर्णय समेत तत्कालै गरिएको थियो । साथै स्थानिय वडा प्रतिनिधिको रुपमा खेमराज ढाकाललाई वडाले पनि उति नै वेला चयन गरी पठाए को थियो ।

यतिका विधि काम भै सकेको समितिले भने यहि भादौ ७ गते भएको निर्वाचन प्रक्रिया बाट मात्र पुर्णता पाएको हो । समितिमा रहने सबै पदाधिकारी चयन भैसके पनि विश्व व्यापी फैलिएको कोभिड माहामारी साथै अध्यक्ष को हुने भन्ने विषयमा निर्णय हुन नसक्नाले नै यतिका समय लागेको विद्यालय प्र.अ.खेमराज दुलालले वताए। उनका अनुसार अध्यक्ष पदको निर्णयमा पुग्न तेश्रो पटक सम्म पनि छलफल गर्दा समेत निर्णयमा पुग्न नसके पछि चौंथो पटक हिजो बैठक बस्नु परेको थियो । तर , चौंथो पटक पनि अध्यक्ष पदका प्रत्यासीहरु भुपेश लिम्बू र खेमराज ढकाल विच सहमति हुन नसके पछि भने निर्वाचन द्वारा निर्णयमा पुगीएको थियो । शुरुमा अध्यक्ष पदका लागि तीन जना प्रत्यासी भए पनि निर्वाचन हुन केही समय अघि मात्र अर्का प्रत्यसी सन्त वीर सेन्दाङ्गले आफ्नो मनोयन फिर्ता लिए सँगै बाँकी दुईजना विच मात्र निर्वाचन भएको थियो । हिजो भएको निर्वाचनमा खेम राज ढाकालले ४ मत ल्याई विजयी भएका थिए भने उनका प्रतिद्वन्दी भुपेशले ३ मत मात्र प्राप्त गरेका थिए ।

स्मरण रहोस् प्रत्यासी भुपेश लिम्बू ने क पा द्वारा समितिमा पठाईएका प्रतिनिधि हुन् भने वडा प्रतिनिधि ढकाल पनि ने क पा द्वारा निर्वाचित स्थानिय वडासदस्य हुन् ।

यस विद्यलयको अध्यक्ष पदमा निर्वाचित भए सँगै खेमराजले आफुले यसलाई अवसर र चुनौति दुवै अवस्थामा लिएको प्रतिक्रिया दिएका छन् । आफुले यस भन्दा अघि पनि बाहिरै रहेर पनि यस विद्यालयको हितका खातिर थुप्रै अवस्थामा सहयोग गरीसकेको , अब त झन् दायीत्व नै प्राप्तभएको र पुर्ण सक्रिय भएर देखाउन पाउने जिम्मेवारी आएकोले आफुले यसलाई अवसरको रुपमा लिएको वताए । यसैगरी यस विद्यालयमा बजेटको अत्यन्तै अभाव हुनु , आगामी शेसन देखि अंग्रेजी माध्यम संचालन गर्नु पर्ने , भौतिक संरचनाको अभाव , मा वि तहमा विषयगत शिक्षक दरवन्दी को कमी जस्ता समस्या समाधान खातिर तत्कालै लाग्नु पर्ने भएकाले यसलाई आफुले ठूलो चुनौती रहेको महसुस् गरेको समेत बताए ।
साथै अध्यक्ष ढकालले आगामी दिनमा सबै संघ संस्था, पार्टी एवं सामाजिक व्यक्तित्व प्रति कुनै प्रकारको भेदभाव नगरी संस्थाको भलोका लागि सँधै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यसैगरी आफुलाई मतदान गरेर सहयोग गर्नुहुने सहयोद्धा साथीहरु र नैतिक समर्थन गर्ने युवा लगायत आम समुदाय प्रति हार्दिक्ता पनि प्रकट गरेकाछन् ।
पार्टीको निर्णय विपरित उमेद्वारी दिएकोले तपाईं कार्वाहिमा पर्दै हुनुहुन्छ रे नि भन्ने प्रश्नमा उनले भने आफुलाई पार्टीको निर्णय नभए पनि समर्थन चैं पुर्ण रहेको थियो ।

नव निर्वाचित अध्यक्ष ढकाल यस विद्यालका पुर्व विद्यार्थी हुनुका साथै विद्यालय स्थापना कार्य सँग जोडिएको चर्चित एउटा उक्ति खाँबे ढकाल बाट चिनिएका स्थानिय समाज सेवी कपिलमणि ढकालका कान्छा छोरा हुन्।
ढकाल एक कर्मठ , उर्जाशिल, निर्भिक , चतुर , शिघ्रनिर्णयक्षमता भएका , संघर्षशिल युवा हुन् भन्छन् स्थानिय उज्वल बचत का अध्यक्ष टंक बुर्जा बुर्जा भन्छन् खेम दा स्थानिय युवाहरुमा अत्यन्त लोकप्रिय व्यक्तित्व भएकाले पनि आज उहाँलाई समस्यै समस्याले जकडिएको उक्त विद्यालयको मुक्ति खातिर समाजले अध्यक्ष जस्तो गरिमामय पदमा छनौट गरेको हो जस्तो आफुलाई महसुस् भएको छ । विगतमा ढकाल तत्कालिन जाँते गाउँ विकास समिति हुँदा देखि युवाका विभिन्न संगठनका गाउँ तह देखि क्षेत्रिय हुँदै जिल्ला स्तर सम्मका संगठनमा रहेर काम गरीसकेको अनुभव भएकोले पनि यो विद्यालयको अध्यक्षको कार्यकाल सफल हुनेमा आफू ढुक्क रहेको स्थानिय सक्रिय युवा एवं शिक्षक सिताराम भण्डारीले वताए । उनी भन्छन खेम दाइले तत्कालिन जाँतेका जाँते चिनारी तथा पर्यटन प्रवर्धन समिति अध्यक्ष पदमा रहेर केही कार्यकाल समेत सम्पन्न गरीसक्नु भएको छ । यसैगरी हाल एकता युवाक्लवका अध्यक्ष , स्वर्गद्वारी सामुदायीक बनका अध्यक्ष, युवा संघ नेपालका मोरङ्ग जिल्ला सदस्य , युवासंघ लेटाङ्गका संयोजक साथै युवा संघ मोरङ्ग का पुर्व क्षेत्रीय अध्यक्ष ७ वर्ष सम्म  रहनु भएको छ । यसै गरी ०७४ को निर्वाचित वडासदस्य बहालवाला एवं ने क पा नगरकमिटि लेटाङ्ग सदस्य समेत रहनु भएकोले पनि म पुर्ण विस्वासमा छु उहाँ को कार्यकालमा यस विद्यालयले हालका सम्स्याहरु बाट केही न केहि मुक्त पाउँनेछ ।

प्रकाशित मिति: २०२०-०८-२४ , समय : १६:५८:०४ , ४ वर्ष अगाडि