घरबेटीले मिलाए घरमै‘होम आइसोलेसन’को प्रबन्ध

Enepal Patra Pvt. Ltd. , ९३६  पटक हेरिएको

बिराटनगर ,७ भदौ । मोरङको बिराटनगर –३ निबासी कृष्णकुमार सुबेदीले कोरोनालाई सामूहिक बलले मात्र परास्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नु भएको छ । उहाँले आफ्नो घरमा डेरा बसेका एक जना सदस्यलाई कोरोना पोजेटिभ देखिएपनि स–सम्मान आफ्नै घरमा आइसोलेसन तयार गरी राख्ने प्रबन्ध मिलाउनु भएको छ ।
१० दिन अघि साउन ३० गते सुबेदीको घरमा डेरा गरी बस्ने परिवारको एक सदस्यलाई कोरोनो पोजेटिभ देखिएपछि परिवारका सदस्यमा त्रास फैलिएको थियो । पोजेटिभ देखिनासाथ आत्तिएको परिवारले तत्काल छोरा–छोरीलाई अलग अलग राखेका थिए । घरवेटी सुबेदीलाई कुनै सूचना नदिएपनि उहाँले घरमा डेरागरी बसेको परिवारका सदस्यमा संक्रमण देखिएको जानकारी प्राप्त गर्नुभयो ।
सुबेदीले सूचना पाएपछि ं डेराबस्ने परिवारलाई समन्वय गरेर पोजेटिभ देखिएका सदस्यलाई घरमै बस्ने बन्दोवस्त मिलाइदिनु भएको छ । कोरोनालाई सामूहिक प्रयासबाट जित्न सकिन्छ, भन्दै सुबेदीले अलगै शौचालय र कोठाको प्रबन्ध मिलाई दिनु भएको छ । अहिले संक्रमित ब्यक्ति पनि सुरक्षित भएर होम आइसोलेसनमा बसिरहनु भएको छ ।
बिराटनगरमा संक्रमणको दर बढेपछि अस्पताल समेत भरिएका छन् । कतिपय संक्रमितले अस्पतालमा भर्ना हुन नपाएको समाचार आइरहेको बेला सुबेदीले गर्नु भएको काम यतिबेला चर्चामा छ । बिराटनगर महानगरको वडा नं. ३ का वडाध्यक्ष बिनोद बस्नेत र महिला सदस्य इन्दु सुबेदीले समेत घरमै पुगेर सुबेदीले सरकारलाई पु¥याउनु भएको सहयोगको प्रशंशा गर्नुभएको छ । सुबेदी घरमा संक्रमित सदस्यका अभिभावकहरू गत साउन ११ गते डेरा बस्न थाल्नु भएको हो । उहाँहरू काठमाडौंका स्थायी बासिन्दा हुनुहुन्छ ।

प्रकाशित मिति: २०२०-०८-२३ , समय : १८:२१:०० , ४ वर्ष अगाडि