अमेरिकी डेमोक्र्याटिक पार्टीका जो बाइडन राष्ट्रपतिका उम्मेदवार

Enepal Patra Pvt. Ltd. , ८२६  पटक हेरिएको

काठमाण्डौ  ३ भदाै । अमेरिकी डेमोक्र्याटिक पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको छ । पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो ।

डेमोक्र्याटिक पार्टीले कोरोना भाइरसको महामारीका कारण ठूलो सभा गर्नुको साटो यस पटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ । पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेका हुन् ।

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

मिल्वाकीको सम्मेलन केन्द्रलाई अधिवेशन स्थल तोकिए पनि स्वास्थ्य चुनौतीलाई ध्यान दिइ सबैजसो प्रबुद्ध व्यक्ति, शुभेच्छुक एवं पूर्वराष्ट्रपतिहरुले भर्चुअल विधिबाटै सम्बोधन गरिरहेका छन् । यी सम्बोधनहरु कुनै प्रत्यक्ष रुपमा गरिएका छन् भने कुनै रेकर्ड गरेर प्रसारण गरिएका छन् ।

बाइडेनको पक्षमा शुभकामना व्यक्त गर्नेहरुमा डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीका शीर्ष नेताहरु पनि रहेका छन् । पूर्वराष्ट्रपति बिल क्लिन्टन र विदेश मन्त्री जोन केरी तथा रिपब्लिकन पार्टीबाट पूर्व विदेश मन्त्री कोलिन पावेलले पनि विजयका लागि शुभकामना दिनु भएको छ । अहिले ९५ वर्ष पुग्नुभएका पूर्वराष्ट्रपति जिम्मी कार्टर समेत भर्चुअल प्लेटफर्ममा देखा पर्नुभएको छ ।

कतिपय वक्ताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका नीतिहरुको कटु आलोचना गर्नुभएको छ । राष्ट्रपति ट्रम्पका कारण विश्वभर अमेरिकाको छवि धुमिल भएको उनीहरुको आरोप छ ।

पूर्व विदेश मन्त्री केरीले भन्नुभयो, ुडोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको र विश्व नै तुलनात्मक रुपमा शान्त थियो । तर अहिले यो सबै दिवालीया भइसक्यो ।ु

पूर्वराष्ट्रपति बिल क्लिन्टनले ओभल अफिस अहिले अराजक स्थितिमा छ र यसले कमान्ड केन्द्रका रुपमा काम गर्न नसकेको बताउनुभयो ।

भर्चुअल अधिवेशनमा जर्जियाका सांसद स्टासी अब्राम्स र न्युयोर्ककी सांसद अलेक्जान्ड्रिय ओकासियो–कोर्टेज समेतका केही युवा डेमोक्र्याटलाई पनि सम्बोधन गर्न दिइएको छ ।

रिपब्लिकन पार्टीका तर्फबाट विदेश मन्त्री रहिसक्नुभएका कोलिन पावेलले बाइडेनलाई समर्थन गर्नुभयो । उहाँ एरिजोनका पूर्वसिनेटर स्व। जोन मक्केनकी पत्नी सिन्डी मक्केनका साथ देखा पर्नुभएको थियो ।

आधा दर्जनभन्दा बढी रिपब्लिकन नेताहरुले बाइडेनलाई समर्थन गर्दै सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२०-०८-१९ , समय : १५:१६:२३ , ४ वर्ष अगाडि