काठमाडौँ, ३ भदौ । लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारणका लागि रु ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीको साधारण शेयर आज भदौ ३ गतेदेखि चाँडोमा भदौ ७ र ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको छ । कम्पनीको साधारण शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० दरका शेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्ने व्यवस्था गरेको छ । हाल कम्पनीको अधिकृत पूँजी रु एक अर्ब ५० करोड र चुक्ता पूँजी रु एक अर्ब १२ करोड ५० लाख छ । साधारण शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी रु एक अर्ब ५० करोड पुग्नेछ ।

कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आगामी तीन महिनाभित्र आयोजनाले विद्युत् उत्पादन थाल्ने कम्पनीका सञ्चालक राम पाण्डेले जानकारी दिनुभयो । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा विभिन्न नौ वटा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । आयोजनाको कूल भौतिक प्रगति ९८ प्रतिशत रहेको छ । सोही कम्पनीले बाग्लुङ जिल्लामा २४ मेगावाट क्षमताको बडिगाड खोला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.