लेटाङमा ७१ जनाकै कोरोनाको रिपोर्ट नेगेटिभ

Enepal Patra Pvt. Ltd. , ३७३  पटक हेरिएको

लेटाङ, २९ साउन । लेटाङमा ७१ जनाको कोभिड १९ परिक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । लेटाङ नगरपालिकाले २६ गते उनिहरुको स्वाव संकलन गरि धरान पठाएकोमा आज पिसिआरको नतिजा आएको हो ।

डिभिजन बन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेलाई कोरोना संक्रमण देखिएको र उहाँको कोभिड १९ परिक्षण अघि साउन १७ गते लेटाङमा बैज्ञानिक बनको अनुगमन गर्न आएपछि सोही कार्यक्रममा सहभागि भएका लेटाङका स्थानिय सामुदायिक बनका पदाधिकारी, सवारी चालक ,पत्रकार तथा जनप्रतिनीधीहरु सहितका ७१ जनाको कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएको हो । घिमिरेलाई कोरोना संक्रमण देखिएपछि लेटाङमा त्रास छाएको थियो ।

कोभिड १९ को परिक्षण पछि रिपोर्टमा कोरोना नदेखिएपछि हाललाई लेटाङ सुरक्षित महसुस भएको छ ।
लेटाङ नगरपालिका द्धारा कोरोना संक्रमणवाट बच्नका लागि सवैलाई अनिवार्य मास्क लगाउन अपिल समेत गरेको छ भने जनचेतना सहित अनिवार्य मास्क लगाउने, वेलावेलामा २० सेकेन्ड सम्म सावुनपानीले हात धुने , पौष्टिक खाना खाने, भिडभाडमा नजाने, घरबाहिर निस्कदा दुरी कायम गर्ने लगायतका उपाय अपनाउन आग्रह गरेको छ ।

यस्तै लेटाङ नगरपालिकाले वनाएको क्वारेन्टाईनमा विदेशवाट आएकाहरु हाल सम्म जम्मा २१४ जना मध्ये १७९ को पिसिआर परिक्षण गरिएकोमा ५ जनालाई कोरोना संक्रमण देखिएको थियो । यस मध्ये ४ जना निको भई घर आएको र १ जना सुन्दरहरैचा स्थित गोठगाँउमा रहेको कोभिड अस्पताको आईसोलेसनमा उपचार भईरहेको छ ।  हाल लेटाङ नगरपालिकाको क्वारेन्टाईनमा ५ जना महिला सहित ३५ जना रहेका छन ।

प्रकाशित मिति: २०२०-०८-१३ , समय : १२:२५:५७ , ४ वर्ष अगाडि