युवाहरुको सक्रियताले सडक चाडै वन्ने

Enepal Patra Pvt. Ltd. , ७०८  पटक हेरिएको

लेटाङ, २० साउन । सडकमा परेको खाल्डाखुल्डि भएर साथै सडक भत्किएर सवारी आवातजावत गर्नै नसक्ने भएपछी सवारीसाधन चल्न नदिई स्थानिय लेटाङ ९ जाँतेका युवाहरु आन्दोलनमा उत्रिए पछि ठेकेदार कम्पनीले जाँते पथरी सडक मर्मत गर्ने भएको छ ।

एम्बुलेन्स , दमकल जस्ता अत्यावश्यक साधन समेत वाटोको अवस्था नाजुक बनेर चल्न नसक्ने अवस्था आएपछि स्थानिय युवाहरुले कुनै पनि सवारी साधन चल्न नदिने भन्दै ठेकेदार कप्पनीलाई दवाद दिएका थिए । युवाहरुको चर्को दवाव पछि कम्पनीले तत्काल सडक मर्मत गर्ने भएको हो । ठेकेदार कम्पनीकै गाडीहरु समेत स्थानिय युवाहरुले चल्न नदिएपछि वाध्य भएर सडक निर्माणको कामले तिब्रता पाएको छ ।

गत वर्ष २ वर्षमा सकिने गरि प्रदेश सरकारले पथरी जाँते ज्यामिरे सडक कालोपत्रे गर्ने योजना सुरु गरेको थियो भने ठेकेदारको ढिला सुस्तीले वाटोको अवस्था अत्यन्तै नाजुक बनेको थियो ।

‍हाल जेसिबिले सडकमा थुपारेको कच्चा पदार्थ मिलाउने काम भईरहेको र २ र ३ दिन भित्र रोलर समेत लगाउने कुरा भएको दवाव समुहका एक अभियान्ताले जानकारी दिए ।

प्रकाशित मिति: २०२०-०८-०४ , समय : १३:४४:५७ , ५ वर्ष अगाडि