मोरङ काँग्रेसको प्रशिक्षण

Enepal Patra Pvt. Ltd. , ३०३  पटक हेरिएको

विराटनगर,११ साउन । मोरङको उर्लाबारीमा काँग्रेसले प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । नेपाली काग्रेस मोरगको जिल्ला प्रशिक्षण शाखाको आयोजनामा आधारभुत प्रशिक्षण कार्यक्रम गरेको हो ।

प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी काग्रेसका केन्द्रीय सदस्य एवम सांसद डा। डिला संग्रौला रहनुभएको थियो । सहभागी सय कार्यकर्तालाई डा।संग्रौला, काग्रेस जिल्ला सदस्य रामप्रसाद पोखरेल, केन्द्रिय नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक केशव निरौला, मोरङ सचिव ईन्द्र थापाले प्रशिक्षण दिनुभएको थियो ।

मोरङ काग्रेसका सभापती डिगबहादुर लिम्बु, केशव निरौला, नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमोरङ संयोजक शिवनारायण सिंह, मोरङ काग्रेस नेताहरु गोपालराज भण्डारी , पुर्वसचिवहरु मदन संग्रौला, यदु विष्ट, , काँग्रेस मोरङ जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजुमास्के , नेता प्रकाश थापा, नेतृ सुचि चौधरी , क्षेत्रीय सभापती तथा उर्लाबारी नगरका प्रमुख खड्ग फागो, महिला संघका नेतृहरु शोभा पालुवा,सिता कार्की,गोमा नेपाल प्रमिला थापा लगायतको सहभागिता थियो ।

सो कार्यक्रममा विभिन्न पार्टीबाट १ सय पचास जना काग्रेसमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई काग्रेस नेताहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति: २०२०-०७-२६ , समय : ०६:३०:३४ , ४ वर्ष अगाडि