नोबेल अस्पतालमा क्यान्सरको अप्रेशन सुरू

Enepal Patra Pvt. Ltd. , ४०६  पटक हेरिएको

बिराटनगर, ६ साउन । विराटनगरको नोबेल शिक्षण अस्पतालले महिलाकाे प्रजनन् अंगमा हुने क्यान्सरको अप्रेशन सुरु गरेको छ । स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित प्रजनन् अंगमा हुने क्यान्सरको पनि अप्रेशन सुरू गरेकाे हो ।
सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले २६ वर्ष यता बिभिन्न सरकारी अस्पतालमा स्त्रीरोग बिशेषज्ञको रुपमा कार्यरत वरिष्ठ चिकित्सक डा.गेहनाथ बराललाई भित्र्याएको छ ।
डा.बरालसहित नोबेलका वरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.शान्ति सुवेदीसहितको टिमले सबै किसिमका स्त्रीरोगको उपचार गर्दै आएको छ ।सम्पूर्ण स्त्रीरोगको उपचार तथा अप्रेशनसहि प्रजनन अंगमा हुने सबै किसिमका क्यान्सरको पनि अप्रेशन थालिएको नोबेलका स्त्रीरोग बिशेषज्ञ डा.गेहनाथ बरालले जानकारी दिए ।
डा।बरालका अनुसार आङ खस्ने, पिसाब चुहिने तथा फिस्टुलालगायत रोगको अप्रेशनसहित पाठेघर तथा सबै स्त्रीरोग क्यान्सरको अप्रेशन पनि सुरु गरिएको हो ।

प्रकाशित मिति: २०२०-०७-२१ , समय : ०५:५९:५९ , ४ वर्ष अगाडि