रतुवामाई नगरले अति विपन्न परिवारलाई किरिया खर्च वापत ५ हजार दिने

Enepal Patra Pvt. Ltd. , ६०७  पटक हेरिएको

हरिप्रसाद कोइराला
रतुवामाई(मोरङ), ५ साउन । नगरको विशेष र फरक कार्यक्रम अन्तरगत मोरङ रतुवामाई नगरपालिकाले नगरका अति विपन्न परिवारलाई किरिया खर्च वापत नगद ५ हजार रुपियाँ दिने भएको छ । अति विपन्न परिवारको पहिचान गरी त्यस्ता परिवारलाई नगद ५ हजार दिने निर्णय सातौं नगरसभाले गरेको नगर प्रमुख रविन राईले बताउनु भयो ।
जन्म देखि मृत्यु सम्म नगरपालिका नगरवासीसँगै रहेको अनुभुति दिलाउन नगरले जन्म देखि मृत्यु सम्म नगरपालिका कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रम अन्तरगत नगरले अति विपन्न परिवारलाई किरिया खर्च दिने निर्णय गरेको हो । यस्तै नगरले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई पोषण भत्ता वापत १ हजार रुपियाँ दिने भएको छ । गर्भवती महिलाहरु प्रसूतिको लागि नगरभित्रको वर्थिंङ सेन्टर सम्म जान आउँन नगरले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य क्षेत्रमा सबैको पहुँच बिस्तार र प्रभावकारी उपचार सेवा प्रदान गर्न नगरले झुर्कियास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गर्ने भएको छ । नगरकै इटहरामा रहेको स्वास्थ्य केन्द्रलाई प्राइमरी ट्रमा सेन्टरको रुपमा सञ्चालन गरिने बताउँदै नगर प्रमुख राईले स्वास्थ्य सेवामा सबैको सहज र सरल पहुच पु¥याउँन स्वास्थ्य वीमा कार्यक्रममा नगरबासीको दैलो दैलोमा पु¥याइने उल्लेख गर्नुभयो । विपन्न दलित समुदाय र अति विपन्न परिवारलाई स्वास्थ्य वीमा निशुल्क गरिने उहाँको भनाई छ ।
नगरले पाठेघरको मुखको क्यान्सर, तथा स्तन क्यान्सर पहिचान सम्बन्धी स्क्रिन शिविर सञ्चालन गरी लक्षण देखिएका विरामीको उपचारका लागि सहजीकरण गर्ने भएको छ ।

प्रकाशित मिति: २०२०-०७-२० , समय : १६:४७:१२ , ४ वर्ष अगाडि