समाचारको प्रभावले ,जुट्न थाल्यो फूलमायालाई सहयोग

Enepal Patra Pvt. Ltd. , ८५५  पटक हेरिएको

हरिप्रसाद कोइराला
कानेपोखरी(मोरङ) , ५ साउन । दुबै मिर्गौला खराव भएकी फूलमाया तामाङलाई आर्थिक सहयोग जुट्न थालेको छ । देशमा बन्दाबन्दी छ । सार्वजनिक यातायात चलेका छैनन् । यस्तो विषम परिस्थितिमा बिरामीलाई साइकलमा हालेर मोरङको कानेपोखरी ६ बाट विराटनगर सम्म आफ्नी पत्नीलाई पु¥याइरहनु भएका भीमबहादुर तामाङको ब्यथालाई इनेपालपत्रले प्रमुख समाचारका रुपमा प्रकाशित गरेको थियो ।
समाचार आए लगत्तै फूलमायालाई सहयोग जुट्न थालेको हो । तामाङका अनुसार हाल सम्म ४८ हजार १ सय रुपियाँ सहयोग जुटेको छ । अझै पनि सार्वजनिक सवारीका साधन नचलेपछि भीमबहादुर आफ्नी पत्नीलाई साइकलमै हालेर बिराटनगर पु¥याइरहनु भएको छ । सातामा दुई दिन सोमबार र बिहीबार डायलोसिस गराउन उहाँ पत्नीलाई लिएर विराटनगरको गोल्डेन हस्पिटल पुग्नु हुन्छ । उहाँको दैनिकी पढेपछि हङकङमा रहनु भएका जितेन चोङ्वाङले २५ हजार रुपियाँ पठाइदिनु भएको छ । पत्रकार तेजन खड्का मार्फत पठाइएको उक्त नगद खड्काले नै विरामीको घर मै पुगेर प्रदान गर्नुभयो । यस्तै उर्लाबारी ३ का सङ्गीत पाँचकोटीले १० हजार रुपियाँ सहयोग गर्नु भएको छ ।युथ एलायन्स टिमले १० हजार र समाजसेवी नवीन पौडेलले २ हजार ५ सय प्रदान गर्नु भएको छ । यसैगरी स्थानीय दिगोपन महिला उद्यमी सहकारी संस्था लि.को हितैषी समूहले १ हजार ६ सय रुपियाँ शनिवार हस्तान्तरण गरेको छ । सहकारी संस्थाकी उपाध्यक्ष बिमला कोइलालाले आफ्नो सहकारी संस्थाकी सदस्य भएकोले हितैषी समूहले चन्दा उठाएको सहयोग गरेको बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०७-२० , समय : १६:१९:१३ , ४ वर्ष अगाडि