काठमाडौं, १ साउन। सरकारले साउन ४ गतेदेखि नदीमा पानीको वहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ५ गतेदेखि ९ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का विभिन्न नदी र चुरे तथा तराई बहने नदीमा पानीको वहाव बढ्नेछ ।

कन्काई, कोशी, कमला, बागमती, नारायणी, तिनउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बाढी आउन सक्ने प्राधिकरणको अनुमान छ ।

साउन ४ गतेपछिका ५ दिन सतर्क रहन र बाढी र मौसमको पूर्वानुमानबारे जानकारी लिन प्राधिकरणले भनेको छ ।

बिहीबार नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा सामान्य वहाव बढ्ने तर खतरामूलक नहुने प्राधिकरणको भनाइ छ । त्यस्तै कोशी र यसका सहायक नदीहरु भोटेकोशी, सुनकोशी, बलेफी, तामाकोशी लगायतका नदीमा पनि पानीको वहाब बढ्ने तर खतराको तहसम्म नपुग्ने जनाइएको छ ।

बाढी, पहिरो र डुवाका कारण गत जेठ ३० देखि साउन १ गतेसम्म पहिरोबाट ९७ र बाढीबाट ३ जनाको मृत्यु भएकोछ । बाढी र पहिरोका कारण ४७ जना बेपत्ता भएका छन् भने ८४ जना घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.