विराटनगरबाट जबरजस्ती करणी गरेको आरोपमा पूर्व प्रहरी पक्राउ

Enepal Patra Pvt. Ltd. , ५२१  पटक हेरिएको

विराटनगर, १ साउन । मोरङको विराटनगर महानगरपालिकाबाट जबरजस्ती करणी गरेको आरोपमा एक पूर्व प्रहरी पक्राउ परेका छन् ।

एक महिलाले आफूलाई जबर्जस्ती करणी गरेको दावी गर्दै उजुरी दिएपछि विराटनगर–१२ बखरी घर भएका अवकाश प्राप्त सई नयन श्रेष्ठलाई पक्राउ गरिएको हो ।

विराटनगर–३ मा काडमाडौं सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका श्रेष्ठले २०७६ फागुन ३ गते साँझ सेक्युरिटी कम्पनीको कार्यालयमा बलात्कार गरेको भनी महिलाले जाहेरी दिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

घटनाको पाँच महिनापछि महिलाले आफूलाई धम्की दिएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी महिलाले बलात्कार गरेको भिडियो बनाएको र सोही भिडियोको आधारमा श्रेष्ठका नाताले भाइ पर्ने ज्योति श्रेष्ठले ब्लाकमेलिङ गरेको उल्लेख छ ।

उक्त घटनापछि नयनकी श्रीमतीले पनि ब्लाकमेलिङ गरेको महिलाको दाबी छ । नयनका भाइ र श्रीमतीलाई खोजी गरिरहेको डीएसपी राईले बताए ।

प्रकाशित मिति: २०२०-०७-१६ , समय : १४:३२:४९ , ४ वर्ष अगाडि