येरभान, १ साउन । तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरु अजरबैजान र आर्मेनियाबीच सीमा क्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ । दुबै देशका सैन्य अधिकारीहरुले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि गरेका छन् ।

दुबै देशबीच एक दशकभन्दा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । अजरबैजानमा पृथकतावादी आन्दोलन चलिरहेको नागोर्नी काराबाख क्षेत्रलाई लिएर दशकौंदेखि विवाद कायम छ ।
गत आइतबारदेखि भड्किएको भिडन्तका कारण दुबै तर्फ कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

नागोर्नी काराबाख क्षेत्रलाई सन् १९९० को दशकमा भएको युद्धमा आर्मेनियाली पृथकतावादीलाई आफ्नो नियन्त्रणमा लिएका थिए । यस युद्धमा करिब ३० हजारको ज्यान गएको थियो । तर काराबाखको उत्तरी सीमाक्षेत्रमा भिडन्त शुरु भएको हो ।

अजरबैजानका सेनाले आर्मेनियाली गाउँहरुमा बम हमला गरेका आर्मेनियाका रक्षा मन्त्रालयकी प्रवक्ता सुशान स्टेपानयानले बिहीबार जानकारी दिनुभयो । उहाँले अजरबैजानले हमला जारी राखेको बताउनुभयो ।

आर्मेनियाको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गरी आर्मेनियाली सेनाले अजरबैजानका गाउँहरुमा ठुल्ठूला हतियारको प्रयोग गरी हमला गरिरहेको जनाएको छ । बुधबार केही मत्थर भएको भिडन्त पुनः बिहीबार शुरु भएको थियो ।

गत सातादेखि पुनः शुरु भएको भिडन्तले रणनीतिक महत्वको ककेसस क्षेत्रमा तनाबको स्थिति उत्पन्न भएको छ । संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र रसियाले दुबै पक्षलाई शान्ति कायम गर्न आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय मध्यस्थतामा दुई ककेसस मुलुकहरुबीचको शान्ति वार्ता भएपनि दुबै मुलुकबीच भूमि विवाद जारी छ । ऊर्जाको धनी राष्ट्र अजरबैजानले काराबाख क्षेत्रलाई सैन्यबलको प्रयोग गरी नियन्त्रण कायम गर्ने धम्की दिइरहेको छ ।

आर्मेनियाले भने कुनै पनि किसिमको सैन्य आक्रमणलाई परास्त गरिछाड्ने बताइरहेको छ ।(रासस–एएफपी)

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.