खोला नियन्त्रणमा जिम्मेवार बन्न प्रदेश सरकारलाई सचेतक राईको आग्रह

Enepal Patra Pvt. Ltd. , ४३३  पटक हेरिएको

विराटनगर,२८ असार । प्रदेश नं. १ मा नेपाली काङ्ग्रेसका सचेतक सुयर्माराज राईले खोला नियन्त्रणमा जिम्मेवार बन्न सरकारसँग आग्रह गर्नु भएको छ । आइतबार शुन्य समयमा समय लिएर बोल्दै राईले चिसाङ खोलामा मापदण्ड विपरित जथाभावि दोहन हुँदा खोला किनारमा बसोवास गरिरहेका सर्वसाधरण विस्थापित भएको बताउनु भयो । उहाँले खोला दोहनमा जन प्रतिनिधिहरूको नै प्रत्यक्ष सहभागिता हुने गरेको बताउँदै खोलाले उठीबास लगाएका परिवारलाई अविलम्ब राहत उपलब्ध गराउन माग गर्नुभयो । राईले खोलाबाट राज्यले हरेक वर्ष करोडौं राजश्व उठाए पनि खोला किनारका मानिसहरूलाई ब्यवस्थित बसोवास गराउन नसक्दा वर्सेनि ठूलो क्षति हुने गरेको उल्लेख गर्नुभयो । उहाँले चिसाङ लगायतका खोलाको स्थायी तटबन्धमा ध्यान पु¥याउँन सरकारको ध्यानाकर्षण गराउँदै खोला दोहनमा संलग्न जनप्रतिनिधिहरूको पहिचान गर्न आग्रह गर्नुभयो ।
संसदमा ध्यानाकर्षण गराए लगत्तै राईले खोलाले क्षति पु¥याएको क्षेत्रको अवलोकन गर्नुभयो । कानेपोखरी–५ को दुखीटोल र चिसाङ बस्ती पुगेर उहाँले पीडितहरूसँग भेटघाट गर्नु भयो । उहाँले पीडितहरूसँग खोलाको स्थायी तटबन्धका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेको बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०७-१२ , समय : २०:४०:०३ , ४ वर्ष अगाडि