लेटाङमा थपिए एक कोरोना संक्रमित

Enepal Patra Pvt. Ltd. , ९४८  पटक हेरिएको

लेटाङ, २४ असार । लेटाङ नगरपालिकाको क्वारेन्टाईनमा साउदीअरेवियावाट असार १४ गते आएका एक ब्यक्तिलाई कोभिड १९ संक्रमण भएको पूष्टि भएको छ । विदेश वाट आएर सिधै क्वारेन्टाईनमा राखिएका ४५ बर्षिय एक पूरुषलाई कोरोना संक्रमण देखिएको हो । संक्रमण देखिएका मानिसको सुन्दरहरैचाँ स्थित गोठगाँउमा रहेको कोभिड अस्पतालमा उपचारका लागि लगिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
हिजो लेटाङ नगरपालिकामा विदेश वाट आएर क्वारेन्टाईनमा बसिरहेका मध्ये ८ जनाको स्वाव परिक्षण गरिएको थियो । ति मध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएका छ भने एकजनालाई कोभिड १९ संक्रमण देखिएको हो ।
हालसम्म लेटाङका ३ जनालाई कोभिड १९ संक्रमण देखिएको छ भने २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । क्वारेन्टाईनमा बसेकाहरु मध्ये ७९ जनालाई कोभिड संक्रमण नदेखिएपछि घर फकिसकेका छन ।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले कोभिडवाट बच्नका लागि माक्सको अनिवार्य प्रयोग गर्न र शारिरिक दुरिलाई पालना गर्नअनुरोध समेत गर्नुभएको छ । बेलावेलामा सावुन पानीले मिचिमिची हात धुन र पिसिआर परिक्षण पछिको नतिजा पछि मात्र परिवार संग मिल्न सकिने हुँदा बिदेश वाट कोहि आउनेहरुलाई अनिवार्य क्वारेन्टाईनमा बस्न बसाउन अनुरोध गर्नु समेत गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०७-०८ , समय : १५:२१:१८ , ४ वर्ष अगाडि