एकहजार पशुपंक्षीको उपचार

Enepal Patra Pvt. Ltd. , ६१०  पटक हेरिएको

लेटाङ, २२ असार । लेटाङ नगरपालिका पशु सेवा शाखाले १ दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । लेटाङ नगरपालिका वडा नं। ८ र ९ को विच किसान चौकमा शनिवार उक्त शिविर सम्पन्न भएको हो ।

लेटाङ नगरपालिका पशु सेवा शाखाका प्राविधिकहरु सहितको टोलीले १३५ घरका किसानलाई सेवा पूर्याएको लेटाङ नगरपालिका पशु विकास शाखाका प्रमुख गणेश ओझाले जानकारी दिनुभयो । उक्त पशु स्वास्थ्य शिविरमा एकहजार ५० वटा पशुहरुको उपचार गएिको उहाँले जानकारी दिनुभयो । शिविरमा बाख्रा, गाँई, बंगुर, भैसी लगायतको स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको थियो । शिविरमा लुतो, बाँझोपन, नाम्ले, घाउखटिरा आदिको औषधी दिईएको ओझाले जनाउनुभयो ।

पशुपंक्षी सम्वन्धी कुनै समस्या भए लेटाङ नगरपालिका पशु शाखामा सम्पर्क गर्नुहुन समेत पशुपंक्षी पालक कृषकलाई आह््वान गर्नुभयो । हाल पशु सेवा शाखाले नगरपालिकाभरी गएर पशुपालनका आधुनिक प्रविधी , उपचार , उचित सल्लाहा प्रदान गरिरहेको छ । नगरपालिकाले यसै बर्ष बोयरवोका वितरण , कोरली गाई , पाडी , बंगुर वितरण समेत गरेको छ भने आगामी आर्थिक बर्षमा समेत किसानका मागलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रम ल्याउने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-०७-०६ , समय : ०७:४८:०४ , ४ वर्ष अगाडि