नगर प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान

Enepal Patra Pvt. Ltd. , ९९३  पटक हेरिएको

पथरीशनिश्चरे, १८ असार । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर भित्रका नगरप्रहरीहरुलाई बिहीबार दज्र्यानी चिन्ह प्रदान गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, वडाध्यक्षहरु बाबुराम एङदेन, जयबहादुर तामाङ सहितले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । दज्र्यानी चिन्ह प्रदान गर्दै नगर प्रमुख राईले नगर प्रहरीले इमान्दारिता र कर्तव्यनिष्ठ भई नगरको सुरक्षामा खटिन निर्देशन समेत दिनुभयो ।
नगर प्रहरीका कमाण्डर असई सानबहादुर साम्सोहाङले मातहतका नगर प्रहरीलाई निर्देशन सहित प्रतिवद्धता जाहेर गर्नुभयो ।
असई साम्सोहाङ र हवल्दार बलबहादुर गौतमका साथै नवनियुक्तहरु प्रहरी हवल्दार सामुयल धिमाल, प्रहरी जवान विष्णु धमला, इन्द्रमणि सुवेदी, संजय परियार र प्रतिमा दर्जी नेपालीलाई दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।

प्रकाशित मिति: २०२०-०७-०२ , समय : २१:०२:४० , ४ वर्ष अगाडि