सचेतक राईले दिए धान दिवसमा शुभकामना

Enepal Patra Pvt. Ltd. , १००२  पटक हेरिएको

बिराटनगर १५ असार । प्रदेश नं. १ मा नेपाली काङ्गे्रस संसदीय दलका सचेतक एवं युवा नेता सुयर्माराज राईले १७ औं राष्ट्रिय धान दिवस, असार १५ एवं रोपाई जात्राको अवसरमा शुभकामना दिनु भएको छ ।
शुभकामना सन्दैश दिँदै सचेतक राईले धान दिवसले खाद्यान्नको परनिर्भरता अन्त्य गर्न सकोस भन्नुभएको छ । उहाँले खेतबारीमा काम गरिरहनु भएका समस्त किसान दाजुभाइ दिदीबहिनीहरूलाई कृषि उत्पादन बढाएर कोरोनाले थला परेको अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गर्नु भएको छ । नेपालको आर्थिक समृद्धिका आधार कृषि पशुपालन र पर्यटन नै भएको राईको शुभकामनामा उल्लेख छ। सचेतक राईले पर्यटन ब्यवसाय सङ्कटमा परेको अवस्थामा कृषि र पशुपालनलाई तीनै तहका सरकारले प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनु भएको छ । ब्यावसायिक खेती र पशुपालनका लागि किसानलाई सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउँदै खाद्यान्नको पर निर्भरता अन्त्य गर्ने मामिलामा धान दिवसले सार्थक परिणाम दिन सकोस भन्दै शुभकामना दिनु भएको छ ।
धान दिवश,रोपाई जात्रा र असार १५ ले नेपाल र नेपालीलाई आर्थिक रुपमा समृद्ध बनाउन सकोस , हार्दिक शुभकामना छ – सचेतक राईले आफ्नो शुभकामनामा भन्नुभएको छ ।

प्रकाशित मिति: २०२०-०६-२९ , समय : १०:२२:३९ , ४ वर्ष अगाडि