जनकपुधाम, १२ असार । एक अभियानकर्मीले पर्यावरण र जैविक विविधताका दृष्टिले महत्वपूर्ण प्रजातिका बिरुवाका विभिन्न स्थानबाट खोज र उद्धार गरी संरक्षण गर्ने अभियान थालनी गर्नुभएको छ । अभियन्ता सुरेश शर्माले पर्खाल, सडक, खेतलगायत विभिन्न स्थानमा उम्रेका पीपल, पाखर, समी र गुल्लर जस्ता बिरुवाको संरक्षण गर्ने अभियान थालनी गर्नुभएको हो ।

अभियानका क्रममा एक साताका अवधिमा उद्धार गरिएका आठ सय बिरुवाको स्याहारसुसार गर्न पोली ब्यागमा राखी डिभिजन वन कार्यालय धनुषा परिसरमा रहेको वन नर्सरीमा रोपण गरिएको छ । वन नर्सरीमा रोपण गरिएका बिरुवा वृक्षरोपण गर्ने उपयुक्त भएपछि सुरक्षित स्थानमा रोपण गरिने जनाइएको छ ।

उहाँका अनुसार विभिन्न कारणले ती विरूवाको कटान गरिएका कारण चराको वास स्थान नष्ट हुनुका साथै चरा लोप र पर्यावरणीय समस्या देखिएको छ । ३० वटा बिरुवालाई जनकपुरधाम उपमहानगरपालिका विभिन्न स्थानमा रोपणसमेत गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा यो अभियान प्रदेश नं २ का आठै जिल्लामा थालनी गर्ने लक्ष्य राखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.