देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

Enepal Patra Pvt. Ltd. , ८३३  पटक हेरिएको

काठमाडौं, १२ असार। काठमाडौं उपत्यकासहित देशकमा विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का विभिन्न स्थानमा वषा भइरहेको हो ।

हाल देशभर मनसुन सक्रिय भएकाले केही दिन अझै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो र राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा सम्भावना रहेको छ ।

ती क्षेत्रहरूका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोधसमेत गरेका छन् ।

भोलि पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार शनिबार राति देशको सबै प्रदेशहरूमा पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: २०२०-०६-२६ , समय : ११:५९:०५ , ४ वर्ष अगाडि