दमौली, १० असार । जिल्ला प्रहरी कार्यालय तनहँले एक वर्षको अवधिमा १३ फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्ष ०७६÷७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट १४ वर्ष चार महिना चार दिन कैद र रु तीन लाख छ हजार ८०२ जरिवाना असुल उपर गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । त्यस्तै जघन्य अपराधतर्फ कर्तव्य ज्यानका तीन, जबरजस्ती करणीका ११ व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ ।

मुलुकी अपराध सहिंता, २०७४ बमोजिम अनुसन्धान अधिकारीले धरौटी लिई छाड्न सक्ने कानूनको कार्यान्वयन गर्दै लागुऔषध, हातहतियार तथा खरखजाना र झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिने अभियोगमा पक्राउ परेका चार वटा मुद्दाको पाँच व्यक्तिबाट धरौटी लिई प्रहरी कार्यालयमा खातामा जम्मा गराई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।

साथै अवैध चोरी निकासीमा संलग्न ७२ वटा सवारी साधनलाई कानूनी दायरामा ल्याई सम्बन्धित निकायमा दाखिला गरी रु आठ लाख ९२ हजार राजश्व सङ्कलन भएको प्रहरीले जनाएको छ । प्रहरीले यस अवधिमा २२२ थान मुद्दा फछ्र्यौट गरेको छ । जेठ मसान्तसम्म ३६५ थान मुद्दा दर्ता भएकामा २२२ मुद्दा फछ्र्यौट भएको छ भने १४३ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.