प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्दै मारवाडी सेवा समिति

Enepal Patra Pvt. Ltd. , १२८९  पटक हेरिएको

उर्लाबारी, ९ असार । कोरोना भाइरस कोभिड(१९) रोग विरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने औषधि नेपाल मारवाडी सेवा समितिले मोरङको उर्लाबारीमा वितरण गरेको छ ।
होमियोपैथिक औषधि स्थानीय मारवाडी सेवा समिति उर्लाबारी नगर समिति र युवा समितिले ४ दिन यता वितरण गरिरहेको छ । उर्लाबारी –६ को सत्यनारायण मन्दिरमा मारवाडी सेवा समिति र युवा समितिले वितरण गरिरहेको मारवाडी सेवा समिति युवा मञ्चका सचिव योगेश गोयल अग्रवालले बताउनु भयो । अग्रवालका अनुसार उर्लाबारीमा १ हजार पाकेट औषधि वितरण भइसकेको छ । औषधि प्रति सर्वसाधरणको विश्वास बढेको युवा ब्यवसायी हेमराज अग्रवालले बताउनु भयो । चार दिन यता वितरण भइरहेको औषधि लिन आउनेको सङ्ख्या हरेक दिन बढिरहेको छ । सोमबार मात्र ४ सय पाकेट औषधि वितरण गरिएको थियो ।
औषधि निशुल्क वितरण गरिएको हो ।
औषधि तीन दिन सम्म १/१ गोली र ३ दिन पछि सातामा १/१ गोली ३ सातामा खाने भनिएको छ ।

प्रकाशित मिति: २०२०-०६-२३ , समय : ०८:३१:५४ , ४ वर्ष अगाडि