कर्मचारी ब्यवस्थापन सम्बन्धी कार्य विधि पारित

Enepal Patra Pvt. Ltd. , ४६१  पटक हेरिएको

पथरीशनिश्चरे, ९ असार । मोरङको पथरीशनिश्चरे नगर कार्यपालिकाको सोमबारको बैठकले एउटा ऐन र एउटा कार्यविधि पारित गरेको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले ‘कर्मचारी व्यवस्थापन ( सेवा, शर्त सम्वन्धी) ऐन’ पारित गरेको छ । यसका साथै, ‘कोभिड १९ संक्रमण रोकथाममा खटिने स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई प्रदान गरिने जोखिम प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि’ पनि पारित भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।
बैठकले, असार १० गते हुने नगरसभामार्फत आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुतिको तयारीका बारेमा छलफल गरेको छ ।

प्रकाशित मिति: २०२०-०६-२३ , समय : ०८:२८:३० , ४ वर्ष अगाडि