सुविधा माग्दै शैक्षिक परामर्श व्यवसायी

Enepal Patra Pvt. Ltd. , ८६३  पटक हेरिएको

काठमाडौँ, ८ असार । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले आफूहरुलाई अतिप्रभावित क्षेत्रअन्तर्गत सूचीकृत गरी सुविधा दिन माग गरेको छ ।

सङ्घले बन्दाबन्दी खुकुलो भए पनि विद्यार्थी र अभिभावक नियमित परामर्शमा आउने स्थिति नभएको अवस्थामा कन्सल्टेन्सी व्यवसाय सञ्चालन चुनौतीपूर्ण भएको जनाएको छ । सङ्घका महासचिव दीपकराज भुसालद्वारा आज जारी विज्ञप्तिमा एक महिनाको घरभाडा छुटको व्यवस्था, बैँक ऋण, किस्तामा र सञ्चारमा सुविधा दिलाउन सरकारसँग माग गरिएको छ ।

प्रकाशित मिति: २०२०-०६-२२ , समय : १३:४३:३८ , ४ वर्ष अगाडि