जङ्गली च्याउ खाँदा पाँच बिरामी

Enepal Patra Pvt. Ltd. , १०४०  पटक हेरिएको

तुलसीपुर, ८ असार । दाङमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् ।

जङ्गलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उहाँकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर –५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो ।

आइतबार बेलुका उनीहरुले जङ्गलबाट ल्याइएको च्याउ खाएका थिए । बिरामी परेकामध्ये मैतीको गम्भीरावस्था छ ।

प्रकाशित मिति: २०२०-०६-२२ , समय : १३:००:४४ , ४ वर्ष अगाडि