हरिप्रसाद कोइराला

वि.सं. २०१३ सालमा तत्कालिन सरकारले चितवन जिल्लामा बखान ऋण समिति समेतका १३ वटा प्रारम्भिक संस्थाहरु स्थापना गरेको थियो । राप्तीदून विकास परियोजना अन्तर्गत त्यहाँका बाढीपीडित कृषकहरुलाई पुनरवास गराउने र कृषि ऋणको व्यवस्था गर्ने सरकारी उदेश्यले चितवन जिल्लामा खोलिएका सहकारी संस्थाहरुको कामबाट प्रेरित भएर तत्कालिन सरकारले देशभर सहकारी संस्था खोल्ने निर्णय ग¥यो ।
संस्थागत कानूनी व्यवस्था गर्न सहकारी संस्था ऐन २०१६ जारी गरी लागू गरियो । २०१८ मा सहकारी नियम पनि जारी भयो । २०२० सालमा नै सहकारी बैंकको स्थापना भएपनि त्यो संस्थागत हुन नसक्दै तुहियो । २०४७ सालमा बहुदल आएपछि २०४८ मा साझा केन्द्रीय कार्यसमितिको विघटन गरी साझा संस्था ऐन २०४१ खारेज गरियो र सहकारी ऐन २०४८ जारी भयो । सहकारी ऐन २०४८ आएपछि देशभर सहकारी संस्था खुल्ने क्रम सुरु भएको हो । पञ्चायत सरकारको पालामा सहकारीको भूमिका तत्कालिन साझा संस्थाहरूले निर्वाह गरेका थिए । तर, ति सरकार नियन्त्रित थिए ।
२०४६ सालमा बहुदल आएपछि सहकारी संस्थाको दायरा फराकिलो भयो । सोही अनुरुप गाउँ गाउँमा सहकारी खुल्न थाले ।
उर्लाबारीमा सहकारी
उर्लाबारीमा २०२९ सालमा स्थापना भएको तत्कालिन साझा संस्था नै पहिलो सहकारी संस्था मानिन्छ । २०४८ सालमा सहकारी ऐन आएपछि २०४९ सालमा पहिलो पटक सुनपकुवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था स्थापना भयो । सुनपकुवा २०५० कात्तिक २५ गते औपचारिक रुपमा डिभिजन सहकारी कार्यालयमा दर्ता भएपछि उर्लाबारीमा सहकारी संस्था खुल्ने क्रम सुरु भएको देखिन्छ । साझा संस्था आर्थिक वर्ष २०६८÷०६९ मा श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्था लि. सँग एकीकरण भयो । श्रीसगरमाथा २०५३ साउन ३१ गते स्थापना भएको अभिलेखमा देखिन्छ । उर्लाबारीमा ५० को दशकमा धेरै सहकारी थपिए ।,हाम्रो बचत,ग्रामीण बचत,नारी सिर्जना,कामना ,मिलन फलफुल तथा तरकारी ,राजघाट दूग्ध,फक्ताक्लुङ बहुउदेश्यीय र सिद्धिविनायक बहुदेश्यीय सहकारी संस्था खुले । समूदायमा आधारित भएर खुलेका ति सबै सहकारीले गाउँ शहरमा बचत गर्ने बानी बसायो । सानो तिनो कर्जा प्राप्त गर्न बैंक सम्म पहुँच नभएकाहरूका लागि सहकारी संस्था बैंकको भरपर्दो बिकल्प बन्यो ।

२०५२ सालमा माओवादीले ससस्त्र आन्दोलन सुरु गरेपछि बैंकहरू शान्ति सुरक्षाको कारण देखाउँदै शहर पस्न थाले । तत्कालिन अवस्थामा समग्र मुलुकका लागि ससस्त्र द्वन्द्व बोझिलो र पेचिलो बनेको थियो । तर, सोही बेला सहकारीले बैंकका रुपमा गाउँ गाउँ सम्म पुग्ने अबसर पाए । सहकारी अभियन्ताले सहकारी बिस्तारका लागि उक्त समयलाई भरपुर प्रयोग गरे । त्यसैको परिणाम हो , हालको सहकारीमय उर्लाबारी नगरी ।
२०७४ असार मसान्त सम्मको तथ्याङ्क अनुसार उर्लाबारीमा सहकारीको सङ्ख्या ६० पुगेको छ । जसमध्ये बचत तथा ऋण सहकारी संस्थाको सङ्ख्या सबैभन्दा बढी ४२ रहेको छ । त्यस्तै बहुदेश्यीय सहकारी संस्था ६ वटा ,कृषि सहकारी ७ वटा , तरकारी तथा फलफुल सहकारी २ वटा , मौरीपालन र दुग्ध एक÷एक वटा रहेका छन् । उर्लाबारी सहकारीको लागि उर्भर भूमि हो । सङ्ख्यात्मक रुपमा जिल्लाका १७ वटा नगर ÷गाउँपालिकामा उर्लाबारी पाँचौ भएपनि गुणात्मक रुपमा हेर्ने हो भने उर्लाबारी पहिलो स्थानमा रहेको छ ।
६० वटा सहकारी संस्थामा ३३ हजार ३६८ जना शेयर सदस्य रहेका छन् । यो सङ्ख्या २०७४ सालमा भएको स्थानीय निर्वाचनको मतदाता भन्दा २ हजार ५४ ले कमी हो । २०७४ को स्थानीय तहको निर्वाचनमा उर्लाबारीमा ३५ हजार ४२२ मतदाता रहेका थिए । उर्लाबारीका सहकारी संस्थाको शेयर पुँजी ३४ करोड ६ लाख ८८ हजार ६७१ रुपियाँ रहेको छ । पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा भन्दा थोरै सहकारी संस्था भएपनि उर्लाबारी क्षेत्रका सहकारी सदस्यले २०७४ को असार मसान्त सम्ममा १ अर्ब ८ लाख २७ हजार ७९१ रुपियाँ बचत निक्षेप गरेका छन् । हालको उर्लाबारी नगरको जनसङ्ख्या ७० हजार ६०५ लाई आधार मान्ने हो भने पनि यो बचत प्रतिब्यक्ति १४ हजार १७५ हुन्छ । यसले समग्र उर्लाबारीबासीमा सहकारी प्रति आकर्षण मात्र होइन । बचत गर्ने बानी पनि बसेको देखिन्छ । सहकारी संस्थाको मेरुदण्डका रुपमा रहेको कोष हिसावमा पनि उर्लाबारी तेस्रो स्थानमा रहेको छ । कोष हिसावमा १६ करोड १६ लाख ८५ हजार ८०४ रुपियाँ रहेको छ । २०७४ असार मसान्त सम्मको तथ्याङ्क अनुसार जिल्लामा १ हजार ९९ वटा सहकारी संस्था छन् । जसमध्ये १० करोड माथिको कारोवार गर्ने सहकारी संस्थाको सङ्ख्या ५१ वटा रहको छ । ५१ मध्ये १० वटा सहकारी संस्था उर्लाबारीमा रहेका छन् । यसले पनि उर्लाबारीको सहकारी सङ्ख्यात्मक भन्दा गुणात्मक रुपमा अघि बढिरहेका छन् भन्ने प्रष्ट देखिन्छ ।
समग्र तथ्याङ्कलाई हेर्दा उर्लाबारीमा सहकारी संस्था फस्टाएको देखिन्छ । हरेक वर्ष नियमित साधारण सभा ,स्थापना दिवस ,सामाजिक कामहरू भइरहेका देखिन्छन । नयाँ आर्थिक वर्ष लागेपछि शेयर सदस्यलाई हाजिर गर्दै साधारण सभाको भत्ता थाप्ने चटारो हुने गरेको छ । एउटै ब्यक्ति १६ वटा सम्म सहकारी संस्थाको सदस्य रहेको पाइएको छ । बुझेर होस , या नबुझी उर्लाबारीबासीमा सहकारीके गहिरो भोक जागेको प्रतीत हुन्छ । अखवार र मिडियाले समेत सहकारीका समाचारलाई प्राथमिकताका साथ स्थान दिने गरेका छन् ।

बाटो बिराउँदै सहकारी
समग्र तथ्याङ्कमा जसरी सहकारीलाई खोट लगाउने ठाउँ छैन । त्यसरी नै नीतिगत रुपमा हेर्ने हो भने सहकारीले बाटो बिराउँदै गएको पाइन्छ । सरकारले सहकारीलाई समान उदेश्यका समान आम्दानी हुने समूहका रुपमा ब्याख्या गरेको छ । समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो । अन्तराष्ट्रिय सहकारी महासंघले सहकारीलाई व्यक्तिहरुको स्वेच्छिक सहभागीताबाट उनीहरुको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्तिका निमित्त सामुहिक स्वामित्व र प्रजातान्त्रिक ढंगबाट नियमित स्वायत्त उद्यमको रुपमा परिभाषित गरेको छ । तर, उर्लाबारीमा सहकारी संस्था पनि जात विशेषका , धर्म विशेषका, समूदाय विशेषका ,पेशा विशेषका हुन थालेका छन् । स्वेच्छिक सदस्यता हराउँदै जान थालेको छ ।

क)सुन्दरफूल बचत तथा ऋण सहकारी संस्था लि. – संस्थागत विद्यालयका सञ्चालक,शिक्षक र कर्मचारी मात्र ।
ख)शिक्षादीप बचत तथा ऋण सहकारी संस्था लि. सरकारी विद्यालयका शिक्षक संघ आवद्ध शिक्षक मात्र ।
ग)पवित्र बचत तथा ऋण सहकारी संस्था लि. – सुरुमा इसाई धर्मावम्बीहरू मात्र । पछि गैर ईसाईका लागि खुला भएको ।
्घ)पञ्चशिल बचत तथा ऋण सहकारी संस्था लि.–सुरुमा शाक्यहरू मात्र । हाल सबैलाई समेट्ने प्रयास हुँदै ।
ङ)कुमारी बचत तथा ऋण सहकारी संस्था लि. –नेवारी समूदाय मात्र ।पछिल्लो समय सबैलाई समेट्ने प्रयास हुँदै ।
च)फक्तागलुङ बहुउदेश्यीय सहकारी संस्था लि.–लिम्बू समूदाय मात्र ।
 धमाधम दोहोरो सदस्यता
सहकारी ऐन २०७४ को दफा ३२ को उप दफा १ अनुसार कुनै पनि ब्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एक भन्दा बढी संस्थाको सदस्य हुन नपाउने ब्यवस्था छ । यो ब्यवस्था आगामी असोज मसान्त भित्रमा कार्यान्वयनमा आउँदैछ । तर, सहकारी संस्थाहरू सदस्य बिस्तारका नाममा भटाभट शेयर सदस्य बिस्तार गरिरहेका छन् । एृेन भन्छ–एकै प्रकृतिका धेरै वटा सहकारीमा सदस्य भएको भए कुनै एकलाई रोज्नु । अन्यथा कारबाही हुनेछ । सहकारीहरूले हाल सम्म कुनै पनि सहकारी संस्थाको सदस्य नबनेका ब्यक्तिलाइृ सदस्य बनाउने कार्यक्रम पस्किन नसकेको देखिन्छ ।
                                                        प्रकृति फरक ,काम बचत तथा ऋण
सहकारी ऐन २०७४ को दफा ५० को उप दफा २ मा बचत तथा ऋणको मूख्य कारोवार गर्ने गरी दर्ता भएका संस्था बाहेक अन्य विषयगत वा बहुउदेश्यीय संस्थाले बचत तथा ऋणको कारोवार गर्न नपाउने ब्यवस्था गरिएको छ । त्यसरी कारोवार भइरहेको भए आव ०७४÷०७५ देखि ३ वर्ष भित्रमा जुन उदेश्यले दर्ता भएको सोही अनुसार कारोवार गर्न भनिएको छ । ऐन एकातिर छ । अर्को तर्फ सबै खाले सहकारी संस्था बजारमा दैनिक बचत संकलन गर्ने गर्छन् । कतिपय सहकारी संस्थाहरू शेयर सदस्यसँग मासिक बचत सङ्कलन गर्दैनन् । तर, गैर सदस्यको ढोका ढोका पुगेर बचत सङ्कलन गर्छन् । बचत तथा ऋण सहकारी मात्र होइन, बहुदेश्यीयको वोर्ड टाँगेर बचत तथा ऋणको मात्र सत प्रतिशत कारोवार गर्ने सहकारी पनि उर्लाबारी मै छन् । कृषि सहकारी सहकारी संस्थाको वोर्डमा दैनिक बचत सङ्कलन गरेर बचत ऋणको कारोवार गर्ने अनि कृषि सम्बन्धी कुनै ब्यवसाय नगर्ने कृषि सहकारीहरू पनि यही छन् ।
                                                          भाषण र आसनका लागि सहकारी
एउटा सहकारी संस्थामा चुनावमा पराजय भएपछि अर्को सहकारी संस्था खोल्ने र अध्यक्ष बनिरहने रोगले पनि सहकारी संस्थाहरू ग्रसित छन् । कतिपय सहकारी संस्थाका सञ्चालकहरू सरकारी सस्थालाई देखाएर अनुदान प्राप्त गर्ने, भ्रमणमा सहभागी हुने, सम्मान प्राप्त गर्ने र आर्थिक लाभ लिने लोभले सञ्चालन भइरहेका देखिन्छन् । त्यस्ता सहकारीको नेतृत्व कर्ताहरू केवल आसन र भाषणका लागि मात्र नेतृत्वमा पुग्ने गरेको पाइन्छ । अझ स्थापना काल देखि नै एउटै ब्यक्ति सञ्चालक रहि रहने , स्वेच्छिक सदस्यता कार्यान्वयन नगर्ने सहकारी संस्थाका कारण पछिल्लो समय समूदायमा आधारित सहकारी संस्था बदनाम समेत हुन थालेका छन् ।
बोर्ड मात्रै सहकारीको
वार्षिक साधारण सभा नियमित हुन्छ । रिपोर्ट र सबै सूचाङ्क राम्रा छन् । आर्थिक हिनामिना भएको छैन् । सदस्यहरू खुशी छन् । सन्ध्याकालीन सेवा मात्र होइन, सरकारी विदाका दिन पनि सेवा दिन्छन् । झट्ट हेर्दा कतै खोट लगाउने ठाउँ छैन् । बोर्ड सहकारी कै छ । सञ्चालक समिति,लेखा समिति , उप समितिहरू पनि छन् । पल्र्स अनुसार नै वित्तीय विश्लेषण गरिएको छ । लेखापरिक्षण लगायत सबै कर चुक्ता भएका छन् । सदस्यले बैंकमा जस्तो बारम्बार धाइरहनु पनि पर्दैन । सबैको हाइ हाई भएपनि सरकारी दृष्टिकोणबाट बाटो बिराएका सहकारीहरू पनि उर्लाबारी मै रहेका छन् । सहकारी सदस्यलाई नियमित मासिक बचत नगराई ,एक मुष्ठ शेयर जम्मा गरेकै भरमा कर्जा प्रदान गर्ने त्यस्ता सहकारीलाई मापदण्ड विपरित सञ्चालित भएको मान्न सकिन्छ । अझ केही सहकारी संस्थाहरूले सदस्यको अभिलेख दर्ता कितावमा नराख्ने , शेयर रकम उल्लेख गरी शेयर प्रमाणपत्र नदिने , शेयर लाभांस, संरक्षित पँुजी फिर्ताकोषको रकम बाँडफाँड नगर्ने गरेको पाइएको छ ।
                                                             छैन, अनुगमन नियमन गर्ने निकाय
सरकारले २०७४ मङ्सिरमा २०७५ साउन १ देखि लागु हुनेगरी जिल्लामा रहेका सहकारी डिभिजन कार्यालय खारेज गर्ने निर्णय ग¥यो । डिभिजन सहकारी कार्यालयले गर्ने सम्पूर्ण काम स्थानीय तहलाई तोकियो । भरखरै गठन भएका स्थानीय तहले कर्मचारीको अभाव, नयाँ संरचनाको ब्यवस्थामा ऐन, नियमावलि,निर्देशिका र कार्यविधिको अभावका कारण सहकारीलाई प्राथमिकताको सूचीमा राख्नै सकेन । त्यसैले लगभग २वर्ष यता प्रारम्भिक सहकारी संस्थाहरू अभिभावक बिहीन भएका छन् । प्रदेशमा कृषि तथा सहकारी मन्त्रालय गठन भयो । तर, दुई वर्ष बितिसक्दा पनि प्रदेश रजिष्टारको कार्यालय औपचारिक रुपमा सञ्चालन हुन सकेको छैन । प्रदेश नं १ ले इटहरीमा रजिष्टारको कार्यालय स्थापना गरी रामप्रसाद चापागाईलाई प्रदेश रजिष्टार तोकेको छ । नयाँ कार्यालय असार ३ गते देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
नगरपालिकामा न सहकारी शाखा छ,न तथ्याङ्क नै
उर्लाबारी नगरपालिकामा ६० वटा सहकारी संस्था रहेका छन् । तिनमा रहेको समग्र पँुजीको हिसाव गर्ने हो भने उर्लाबारी नगरको बजेट भन्दा झण्डै दोब्बर रकम सहकारी संस्थामा रहेको छ । तर, त्यतिका रकमको अनुगमन ,नियमन र निरिक्षण गर्ने निकाय नगरमा छैन् । नयाँ सहकारी संस्था दर्ता गर्ने , वार्षिक विवरण बुझाउने, विनियम संसोधन गर्ने जस्ता कार्य नगरपालिकाबाटै हुने ब्यवस्था छ । यद्यपि कुनै पनि काम नगरपालिकाबाट हुन सकेको छैन । नगरको कृषि शाखालाई नै सहकारी शाखा हेर्ने जिम्मा दिइएको छ । शाखामा कुनै तथ्याङ्क उपलब्ध छैन । नगरपालिकामा उर्लाबारी सहकारी सञ्जाल पनि छ । सञ्जालले समय समयमा साना तिना कार्यक्रम गरे पनि सञ्जाल आधिकारिक रुपमा कुनै सरकारी र छाता संस्थाबाट मान्यता प्राप्त होइन । नगरमा सञ्जाल रहे पनि सञ्जालसँग कुनै तथ्याङ्क छैन् । सञ्जाल जो अध्यक्ष बन्छ , उसैको झोलाबाट सञ्चालन हुँदै आएको देखिन्छ ।
                                                     नगरको पाश्र्वचित्रमा नदेखिएका सहकारी
नगरपालिकाले २०७६ सालमा नगर पाश्र्वचित्र प्रकाशन गरेको छ । तर , झण्डै ३४ हजार सदस्यलाई समेटेको सहकारी संस्थाका बारे पाश्र्वचित्र बेखबर छ । संघीय सरकार र प्रदेश सरकारले स्थानीय तह लाई सहकारीको अनुगमन ,नियमन र निरीक्षण गर्ने जिम्मा दिइसकेको अवस्थामा पाश्र्वचित्रमा सहकारी नभेटिनु दुखद पक्ष हो । सहकारीले मात्र उर्लाबारी क्षेत्रमा २११ जनालाई प्रत्यक्ष रोजगार दिएको छ । संस्थागत विद्यालय पछि सर्वाधिक रोजगार दिने क्षेत्र सहकारी संस्था नै हो ।
छाता संगठनमा प्रतिनिधित्व
सहकारी संस्था खोल्ने , संस्थागत गर्ने , सदस्यलाई उद्यमशील बनाएर रोजगार सिर्जना गर्ने मात्र होइन । उर्लाबारीले सहकारीका विभिन्न छाता संगठनमा जिल्ला देखि केन्द्र सम्मको नेतृत्व गरिरहेको छ । उर्लाबारी ९ का मुक्तिनाथ बराल तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघको उपाध्यक्ष हुनुहुन्छ । यस्तै उर्लाबारी ७ की गोमा नेपाल (सापकोटा) नेपाल बचत तथा ऋण केन्द्रीय संघ लि. को सञ्चालक हुनुहुन्छ । यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संघ लि मोरङको उपाध्यक्ष प्रेमप्रकाश कोइराला, कोषाध्यक्ष जीवन बस्नेत र सदस्य डिवी थापा हुनुहुन्छ । यस्तै चन्द्रप्रसाद भट्टराई जिल्ला सहकारी संघ मोरङको सदस्य हुनुहुन्छ । विगतमा पनि उर्लाबारीले जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा र जिल्ला सहकारी संघमा नेतृत्व सम्हालेको थियो ।
                                                                         एकीकरण प्रयास
उर्लाबारीमा सहकारी संस्था र सहकारी अभियन्ताको कमी छैन । ५० को दशकमा सहकारी गाउँ गाउँमा पु¥याउनु पर्छ भन्ने अभियान चल्यो । सोही अनुसार सहकारी गाउँ गाउँमा पुगे । जुन जुन उदेश्यले खुले पनि सहकारीहरू संस्थागत भए ।
सहकारीले महिलाहरू मात्र होइन । पुरुसलाई पनि क्षमतावान र नेतृत्व गर्न सिकाए । तर, पछिल्लो समय सहकारी एकीकरणको अभियान चलेको छ । यो अभियान ७० को दशक देखि चलेको भए पनि उर्लाबारीमा सहकारी एकीकरण भएको देखिदैन । यद्यपि सुनपकुवा स्वावलम्वी , हाम्रो बचत र महिला उत्थान सहकारी संस्था बीच एकीकरण प्रयास सुरु भएको छ । यि संस्था एकीकरण गर्न उर्लाबारी क्षेत्रका अभियन्ता क्रियाशील भएका छन् । देशमा बन्दाबन्दी भएकोले एकीकरण रोकिएको बताइएको छ ।
  विपद्मा सहकारीको सहयोग
उर्लाबारी क्षेत्रका सहकारी संस्थाले विपद्को समयमा पनि सहयोग गर्ने गरेका छन् । कोरोना भाइरस कोभिड (१९) विरुद्धको अभियान अन्तरगत नगरपालिकाले गठन गरेको विपद् राहत कोषमा उर्लाबारी क्षेत्रका सहकारी संस्थाहरूले ३ लाख ८२ हजार रुपियाँ सहयोग गरेका छन् । त्यसका अतिरिक्त सामाजिक क्षेत्रमा समेत सहकारीको भूमिका उल्लेख्य रहेको छ ।
                                                                           निष्कर्ष
सहकारी छरिएर रहेको सानो पँुजीलाई एकीकृत गरी समूदायमा परिचालन गर्ने माध्यम हो । सहकारीका माध्यमबाट धेरैले आफूलाई आर्थिक रुपमा सम्पन्न बनाएका छन् । सहकारी संस्थाले आर्थिक रुपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र महिला सशक्तिकरणका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । तसर्थ सहकारीलाई विपन्न समूदाय सम्म पु¥याउन आवश्यक छ । सहकारीलाई अझ ब्यवस्थित र सरकारी मापदण्ड अनुसार सञ्चालन गर्ने हो भने बैंकको विकल्पका रुपमा लिन सकिन्छ । तर, त्यसका लागि सरोकारवाला, सहकारी अभियन्ता,सरकारी नियमक निकाय र छाता संगठनले समय समयमा मार्ग निर्देशन गरिरहनु पर्ने देखिन्छ ।
सन्दर्भ स्रोत
मोरङ जिल्ला सहकारी गतिविधि–२०७३\०७४
सहकारी दर्पण – २०७६
सहकारी विभागले प्राशन गरेका विभिन्न बुलेटिन
रामप्रसाद चापागाई –रजिष्टार, प्रदेश सहकारी कार्यालय, प्रदेश नं. १ इटहरी
गोमा नेपाल –सञ्चालक सदस्य ,नेफ्स्कुन
प्रेमप्रकास कोइराला – उपाध्यक्ष ,जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङ
योगराज पौडेल –सदस्य, जिल्ला सहकारी संघ मोरङ
अम्बिकाप्रसाद लुइटेल –प्रमुख ,सहकारी शाखा उर्लाबारी नगरपालिका
सीता कार्की – अध्यक्ष, उर्लाबारी सहकारी सञ्जाल
गोवद्र्धन शाक्य –अध्यक्ष पञ्चशील साकोस
गोपालप्रसाद रिमाल–अध्यक्ष,सुन्दरफूल साकोस
विन्द्रकुमार नाल्वो –प्रवन्धक, फक्तागलुङ बहुउदेश्यीय सहकारी संस्था
जगन्नाथ भट्टराई – सम्पादक ,पूर्वज्योति साप्ताहिक
अम्विकाप्रसाद आचार्य – पूर्व अध्यक्ष, शिक्षादीप साकोस
नोट– यस आलेखमा २०७४ असार मसान्त सम्मको मात्र तथ्याङ्क समेटिएको छ । कतिपय सहकारी संस्थाको कार्यक्षेत्र उर्लाबारी बाहिर भएको र दोहोरो, तेहोरो सदस्यताका कारण सहकारीमा आवद्ध भएका शेयर सदस्यको सङ्ख्या ३३ हजार बढी देखिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.