प्रशान्त निराैला , ८ पटक हेरिएको
काठमाडौं, २४ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद Harka Sampang ले प्रधानमन्त्री Balen Shah लाई लक्षित गर्दै सामाजिक सञ्जालमा व्यंग्यात्मक स्टाटस सार्वजनिक गरेका छन्। उनले “प्रिय बालेन… भोलिको बैठकमा नेपालले भारतको सिमाना कहाँकहाँ मिचेको रहेछ, त्यसको प्रमाण लिएर आउनू है ! You are my true…” भन्दै लेखेका छन्।
प्रधानमन्त्री बालेन शाहले संसदमा नेपालले पनि भारतको केही भूमि मिचेको हुन सक्ने आशयको अभिव्यक्ति दिएको विषयलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा बहस भइरहेका बेला साम्पाङको उक्त स्टाटस आएको हो। यसअघि पनि सीमा सम्बन्धी अभिव्यक्तिप्रति असहमति जनाउँदै साम्पाङले बालेनको आलोचना गरेका थिए।
पछिल्लो समय बालेन र हर्कबीच सार्वजनिक रूपमा मतभेद देखिँदै आएको छ। यद्यपि विगतमा दुवैबीच मित्रवत सम्बन्ध रहेको र बालेनले साम्पाङलाई सम्बोधन गर्दै “You are my true love” समेत लेखेका थिए।
प्रकाशित मिति: २०२६-०६-०७ , समय : १३:०५:१९ , १ घन्टा अगाडि