घोडाघोडी,२ असार । कैलालीको लम्किचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविमा रहेको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदले माग गर्नुभएको छ । क्वारेन्टिनभित्र भएको सो घटनाले क्वारेन्टिन महिलाका लागि सुरक्षित नभएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीले बताउनुभयो ।
उहाँले बझाङ, डोटीलगायत जिल्लामा पनि क्वारेन्टिन भित्र महिलामाथि विभिन्न प्रकारका घटना भएको सार्वजनिक भइरहेकाले महिलालाई होम क्वारेन्टिनमा राख्नुपर्ने माग गर्नुभयो ।
प्रदेशसभा सदस्य नन्दा बमले बलात्कारको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताउनुभयो । न्यूनतम मापदण्ड नपुगेका क्वारेन्टिनमा यसरी महिला राख्नु व्यवस्थापनको ठूलो कमजोरी भएको प्रदेशसभा सदस्य चुनकुमारी चौधरीको भनाइ छ । बलात्कारको आरोप लागेकाहरूमाथि छानबिन गरी आवश्यक कारबाही गरेर पीडितलाई न्याय दिलाउनुपर्ने सांसद चौधरीले बताउनुभयो । उहाँले क्वारेन्टिनलाई महिलामैत्री बनाउन सुदूरपश्चिम प्रदेश सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।  (रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.