विराटनगरको आदर्श बालिका मावि प्राविधिक विद्यालय बन्ने

Enepal Patra Pvt. Ltd. , ९१९  पटक हेरिएको

विराटनगर, २ असार  । विराटनगर स्थित वडा नं ७ मा रहेको आदर्श बालिका माध्यमिक विद्यालय प्राविधिक विद्यालय बन्ने भएको छ । यसका लागि विराटनगर महानगरले पहल गरिरहेको थियो । विराटनगर महानगरका मेयर भीम पराजुली ,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोख्रेल लगायतले सोमवार शिक्षामन्त्री गीरीराजमणि पोख्रेलसँग भेटी सो प्रस्ताव राखेका थिए । प्राविधिक विद्यालय बनाउने विषयमा मन्त्री पोख्रेलले सहमती दिएका छन् ।

यस विषयमा मेयर पराजुलीले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन ‘बिराटनगर महानगरपालिकाले आदर्श बालिका माध्यमिक विद्यालय बिराटनगर ७ लाई छात्रा प्राविधिक विद्यालयको रुपमा स्वीकृत गराउन सफल भएको जानकारी गराउन चाहान्छु । यसमा विशेष सहयोग गर्नुहुने माननीय शिक्षा मन्त्री गीरीराजमणि पोख्रेल ज्यूलाई धेरै धेरै धन्यवाद ।’

१ विगाह १० धुर क्षेत्रफल रहेको उक्त विद्यालय विराटनगरको ऐतिहासिक महत्व बोकेको पुरानो विद्यालय हो । प्राविधिक विद्यालय बन्ने भए संगै विद्यार्थीका अभिभावक र विद्यालय परिवारमा खुसीयाली छाएको प्राध्यानाध्यापक रमेश नेपालले प्रतिक्रिया दिए ।

प्रकाशित मिति: २०२०-०६-१६ , समय : १२:२५:४२ , ४ वर्ष अगाडि