खुम्ब पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

Enepal Patra Pvt. Ltd. , ११११  पटक हेरिएको

सोलुखुम्बु,  २ असार ।  सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ ।

३९ वर्षीय गाउँपालिका अध्यक्ष शेर्पाको आज (मंगलबार) बिहान निधन भएको गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालेलाई बताईन्।

उपाध्यक्ष शेर्पाका अनुसार अध्यक्ष ङिम दोर्जी आन्द्राको क्यान्सरबाट पीडित थिए। उनको एक महिनादेखि काठमाडौँको ह्याम्स र निदान अस्पतालमा उपचार भइरहेको थियो । तर स्वास्थ्यमा केही सुधार नआएपछि शेपालाई गाउँ नै फकाईएको थियो ।

अध्यक्ष शेर्पाले एक महिना अघि नै उपाध्यक्ष टसील्हामु शेर्पालाई आफ्नो जिम्मेवारी सुम्पिएका थिए ।

 

यस्तै, आइतबार नवलपरासी (सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०२०-०६-१६ , समय : १२:२०:०० , ४ वर्ष अगाडि