नगर क्षेत्रका योजनाहरुको अनुगमन

Enepal Patra Pvt. Ltd. , ५४२  पटक हेरिएको

पथरी शनिश्चरे, ३२ जेठ । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका योजनाहरुको अनुगमन् कार्य निरन्तर भइरहेको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले १ लाख ६४ हजार रुपैयाँको लागतमा वडा नम्वर १० रिंगुवास्थित नवज्योति भजन किर्तन मण्डलीमार्फतको प्रकारेश्वर मन्दिरको मर्मत संहार योजनाको अनुगमन् गरेको छ ।
९ नम्वर वडाको गंगाराम ओझाको घर उत्तर सिंहवाहिनी मावि दक्षिणको बाटोको ग्राभेल सहित नाला खन्ने कामको पनि अनुगमन् भएको छ । ५ लाखको लागत स्टिमेटमा ६ सय मिटर लम्वाई र ५ दशमलव ५० मिटर चौडाईको बाटो ग्राभेल भएको हो ।
८ नम्वर वडाको मिलनचोक पश्चिममा शिवजी चोक जाने बाटोमा १० लाखको लागतमा कल्भर्ट निर्माण तथा बाटोको दुवैतर्फ माटो पुराई कार्यको पनि अनुगमन् गरिएको छ । ५ नम्वरको कोशेली चोकबाट मानबहादुर थापाको घर जाने बाटोमा ४ लाखको लागतमा ९ सय ५० मिटर लम्वाईको ग्राभेल कार्यको पनि अनुगमन भएको छ ।
सवै वडाहरुमा निर्माणको क्रममा रहेको आधारभूत स्वास्थ्य केन्द्र अन्तर्गत ६ नम्वरमा ६५ लाखको लागतमा निर्माण भइरहेको आधारभूत स्वास्थ्य केन्द्रको पनि टोलीले अनुगमन् गर्दै गुणस्तरीय काम अघि बढाउन निर्देशन गरेको छ ।

प्रकाशित मिति: २०२०-०६-१४ , समय : २१:३०:२२ , ४ वर्ष अगाडि