जनप्रतिनिधिलाई कोरोना देखिएन

Enepal Patra Pvt. Ltd. , ७४८  पटक हेरिएको

लेटाङ २८ जेठ । दुई जनालाई कोरोना संक्रमण देखिएपछि त्रास फैलिएको लेटाङमा उनीहरुलाई एउटै गाडीमा लिएर आउने जनप्रतिनिधि तथा सवारी चालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतको विहारमा काम गर्ने दुई यूवालाई लेटाङका जनप्रतिनिधि सहित गएर विराटनगर देखि लेटाङ सम्म ल्यार्ईएको थियो ।
सुरक्षित रुपमा ल्याईएको भएपनि एउटै सवारीमा आएपछि जनस्तरमै त्रास फैलिएको थियो । कोरोना परीक्षण गर्दा नदेखिएपछि लेटाङमा डराउनुपर्ने अवस्था टरेको हो ।
लेटाङ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा भारतवाट आएका ११ जना मध्ये २ जनामा कोरोना देखिएको थियो ।
कोरोनावाट सचेत बन्न आग्रह गर्दै लेटाङ नगरपालिकाका मेयर शंकर राईले सामाजिक दुरी कायम गर्दै लकडाउनलाई पालना गरिदिन नगरवासीलाई आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति: २०२०-०६-१० , समय : १३:३२:२९ , ४ वर्ष अगाडि