मोरङमा ९ जना संक्रमित थपिए, कानेपोखरीको क्वारेन्टिनका १५जना घर फर्के

Enepal Patra Pvt. Ltd. , १०९०  पटक हेरिएको

कानेपोखरी (मोरङ), २६ जेठ । मोरङको तीन स्थानीय तहका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङको रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका र धनपालथान गाउँपालिकाका एक बालक र एक महिलासहित ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मोरङको लेटाङका दुई जना, रतुवामाई नगरपालिकाका दुई जना र धनपालथान गाउँपालिकाका पाँच जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमितहरु केही दिन अघि भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु हुन् ।

सोमबार ९ जना थपिएसँगै मोरङमा कोरोना संक्रमितको संख्या २८ जना पुगेको छ । यता मोरङ कै कानेपोखरी गाउँपालिकाको क्वारेन्टिनमा बसिरहेका १५ जनाको मेडिकल रिपोर्ट नेगेटिभ आएपछि सोमबार उनीहरू सबैलाई बिदाई गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०६-०८ , समय : २०:०३:०२ , ४ वर्ष अगाडि