तोलामा १० हजार ४ सयले बढ्यो सुनको मूल्य

Enepal Patra Pvt. Ltd. , ७८३  पटक हेरिएको

काठमाडौं, २५ जेठ । कोरोना भाइरस महामारीसंगै देश लकडाउनमा गएपछि बन्द भएको सुनचाँदी ब्यबसाय सुरु भएको छ । बन्द रहेको सुनचाँदीको कारोबार ७५ दिनपछि आज आइतबारदेखि खुलेको हो ।

आज सुनको भाउ तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ तोलामै एकैपटक १० हजार ४०० रुपैयाँको बढोत्तरी हो। लकडाउन हुनु अगाडी गत वर्ष चैत १० गते छापावाल सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो। लकडाउन भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको दरभाउ वितरण समेत स्थगित गरेको थियो ।

कोरोना महामारी पछी अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ। आज तेजावी सुन तोलाको ८६ हजार ९६० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी चाँदी भने तोलाको ९२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रकाशित मिति: २०२०-०६-०७ , समय : २१:४८:०४ , ४ वर्ष अगाडि