नेविसंघ मोरङले ५ हजारलाई खाना खुवायो

Enepal Patra Pvt. Ltd. , ५८६  पटक हेरिएको

विराटनगर , २१ जेठ । लकडाउन सुरुभएसँगै विराट टिचिङ अस्पतालमा रहेका लकडाउन प्रभावितहरुलाई खाना खुवाउँदै आएको नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति मोरङले हालसम्म ५ हजार बढीलाई खाना खुवाएको बताएको छ ।

नेविसंघले मंगलबारसम्म लकडाउन प्रभावित अस्पतालका बिरामीका साथै कुरुवाहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी लगायत गरी ५ हजार १ सयलाई खाना खुवाएको जनाएको छ । कोरोनाभाईरस राकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण प्रभावित भएकाहरुलाई खाना खुवाउने तथा बिरामीका लागि रगत अभाव भएमा रगत पनि जुटाउँदै आएको नेविसंघ मोरङका नेता देवचन्द्र घिमिरेले जानकारी दिए ।

लकडाउनको बेला अस्पताल वरपरका होटलहरु समेत बन्द हुँदा अस्पताल आउनेलाई समस्या परेकोले कसैलाई भोको रहन नदिन आफुहरुले खाना पकाएर खुवाएको उनले बताए । नेविसंघ मोरङले घरजान नपाएर समस्यामा परेकाहरुलाई घर सम्म पुर्याउने व्यबस्था पनि गर्दै आएको छ । लकडाउन प्रभावितको सेवाका लागि युवाहरु निरन्तर खटिदै आएका छन् ।

प्रकाशित मिति: २०२०-०६-०४ , समय : ११:३२:११ , ४ वर्ष अगाडि