नेबि संघकी नेता करुणा कटुवाल द्धारा क्वारेन्टाइनमा रहेकाहरुलाई खाना खाजा व्यवस्था

Enepal Patra Pvt. Ltd. , १००८  पटक हेरिएको

धनकुटा, २१ जेठ ।  नेपाल विद्यार्थी संघ धनकुटा क्याम्पसकी सभापति नेतृ करुणा कटुवालले क्वारेन्टाइनमा रहेका ४ जनालाई १४ दिनका लागि आवश्यक खाना खाजाका लागि सहयोग गरेकी छन् । बुधबार उनले खाना खाजाको व्यवस्थाका लागि आवश्यक १६ हजार ८ सय रुपैयाँ सहयोग गरेकी हुन् । उनले सो रकम महालक्ष्मी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष टेकबहादुर गुरुङलाई हस्तान्तरण गरेकी हुन् ।

महालक्ष्मी नगरपालिका वडा नम्बर एकमा उच्च सतर्कता अपनाउँदै ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ। ‘यस असहज परिस्थितिमा क्वारेन्टाइनमा राखिएका ४ जनाको १४ दिनको खाना खाजाको सम्पूर्ण खर्च मेरो व्यक्तिगत तर्फबाट भुक्तानी गरि सहयोग गरेको छु,’ उनले जानकारी दिइन् ।

यसअघि उनले लकडाउनका कारण समस्यामा रहेका विद्यार्थीहरले खाद्यान्न र अन्य सहयोग गरेकी थिइन् ।

 

प्रकाशित मिति: २०२०-०६-०३ , समय : १६:३०:१६ , ४ वर्ष अगाडि