काठमाडौँ, २० जेठ । राष्ट्रियसभाको बैठक सांसदले कोराना भाइरसको रोकथाम नियन्त्रण गर्दै नागरिकको खाद्य अधिकार सुरक्षा सुनिश्चित गर्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की इन्दु कडरियाले कोरोना भाइरसका जोखिमबाट बचाउन गरिएको बन्दाबन्दीमा नागरिकले आर्थिक संकटका साथै खाद्यान्न्न नपाएको बताउनुभयो ।

“बन्दाबन्दीका बेलामा पैसा नहुँदा खाना किन्न पाएका छैनन्, नागरिकलाई खाद्य सुरक्षा गर्दै आर्थिक धराशायी हुनबाट बचाउनुपर्छ”, सांसद कडरियाले भन्नुभयो,“कोरानाबाट बचाउँदै नयाँ रणनीति बनाएर जनजीवन सामान्य बनाउनुपर्छ ।” नेकपाकै कोमल ओलीले प्रदेश नं ५ का १२ जिल्लामध्ये १० जिल्लामा ६४२ सङ्क्रमित भइकेको र दाङमा ६ हजार क्वारेन्टिनमा बसेको उल्लेख गर्दै कोरोना भाइरसको परीक्षणका लागि आवश्यक स्वास्थ्य उपकरणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सोही दलकी उदया शर्मा पौड्यालले कोरोना महामारीका बेला संसद् सचिवालयलगायत सबै क्षेत्रमा काम गर्ने कर्मचारीको मनोबल उच्च पार्नुपर्ने सुझाव दिनुभयो । उहाँले विपद्का बेलामा रोजीरोटी कटौती गर्ने गरी कर्मचारी कटौती गर्न नहुने पनि बताउनुभयो ।

नेकपाका खिमकुमार विकले रकुम –पश्चिम०को घटनाका विषयमा सरकारले बनाएको उच्चस्तरीय अनुसन्धान समितिलाई सत्यतथ्य सार्वजनिक गर्न ध्यानाकर्षण गराउनुभयो । सोही दलका चक्रप्रसाद स्नेहीले छोटो समयमा देशभरि नै दलितमाथि बर्बरतापूर्ण घटना भएको जनाउँदै त्यसतर्फ सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसकी तारादेवी भट्टले सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम बढ्दै गएको तर स्वास्थ्य सामग्री कम भएको हुँदा त्यसको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

–––

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.