जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय, असार १३ सम्म हवाई सेवा बन्द

Enepal Patra Pvt. Ltd. , ४३४  पटक हेरिएको

काठमाडौ, १७ जेठ । सरकारले जेठ ३२ सम्म लकडाउन लम्बाउने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरषद् बैठकले यस्तो निर्णय गरेको हो। यसैगरी, सरकारले असार १३ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

यसअघि सरकारले जेठ २० सम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो। सरकारले सुरुमा चैत ११ गतेदेखि लागू हुने गरी घोषणा गरेको लकडाउन पटकपटक गरी थप्दै आएको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउन जारी राख्ने निर्णय गरेको बताइएको छ।

नेपालमा हालसम्म १ हजार ४ सय १ जना कोरोना संक्रमित भेटिएका छन् भने ७ जनाको यसकै संक्रमणका कारण मृत्यु भइसकेको छ। २ सय १९ जना संक्रमित भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: २०२०-०५-३० , समय : २१:२५:२४ , ४ वर्ष अगाडि