काठमाडौं,१७ जेठ । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा २५७५ जनाको पिसिआर परीक्षण गरिएको थियो। ती परीक्षणका क्रममा देशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन्। आज थपिएका १८९ सहित नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ।

नेपालमा हालसम्म सबैन्दा धेरै संक्रमित थपिएका आज नै हो। शुक्रबार १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ। संक्रमण देखिएकामध्ये २१९ जना उपचारपछि निको भइसकेका छन्। आज १३ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २१९ पुगेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.