रुख लडेर अवरुद्ध भएको लेटाङ कानेपोखरी सडक खोलिदै

Enepal Patra Pvt. Ltd. , ९३१  पटक हेरिएको

लेटाङ, १३ जेठ । लेटाङ कानेपोखरी सडक अन्र्तगत पूर्वपश्चिम राजमार्ग देखि करिव १ किलोमिटर उतरवाट करिव २ किलोमिटर सडक रुख लडेर अवरुद्ध भएपछि आकस्कित सवारी आवतजावत समेत अवरुद्ध भएको भन्दै खाेल्न थालिएकाे छ ।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले वताएअनुसार करिव ६० भन्दा बढी रुखहरु सडकमा ढलेका छन् । लेटाङ नगरपालिका , ईलाका प्रहरी कार्यलय , पूर्व क्षेत्रिय तालिम शिक्षालय (आर्मी क्याम्प)को संयुक्त टोलीले आज वाट रुखहरु पन्छाएर सडक खुल्ला गरिरहेको छ । सडकमा ढलेका रुखहरु पन्छाउनका लागि स्काभेटरको समेत प्रयोग गर्नुपर्ने अवस्था रहेकोे र भोली वेलुका सम्ममा अवरुद्ध सडक खुल्न सक्ने नगरप्रमुख राईले जानकारी दिनुभयो ।

गएराती आएको हावाहुरीका कारण जंगलमा धेरै रुखहरु लडेका छन भने सडक छेउका रुख समेत लडेर सडक अवरुद्ध भएको हो । लकडाउनका कारण सडकमा आवतजावत नभएपनि अत्यावश्यक सवारीसाधनहरु समते कुदाउन नसकेपछि सडकलाई तत्काल खोल्नुपरेको मेयर राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-०५-२६ , समय : १६:२२:०४ , ४ वर्ष अगाडि