काठमाडौंमा एक सहित थपिए १९ जना कोरोना संक्रमित, पुगे ६०३

Enepal Patra Pvt. Ltd. , ३९७  पटक हेरिएको

काठमाडौं । काठमाडौंमा एकसहित १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार आइतबार एकैदिन १९ जना संक्रमित थपिएका हुन् ।

मोरङका एक ,बाराका एक, पर्साका तीन, रौटहटका एक, सर्लाहीका एक, रुपन्देहीका तीन र काठमाडौं सोह्रखुट्टेका एकजनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

नुवाकोटका एक, कपिलवस्तुका तीन र गुल्मीको मदानेका एक जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । नुवाकोटमा पहिलोपटक संक्रमित फेला परेका हुन् । नेपालमा कोरोना तीब्र फैलन थालेको छ । अहिलेसम्म ४२ वटा जिल्लामा कोरोना पुगेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ जना पुगेको छ । नेपालमा अहिलेसम्म कोरोनाले तीन जनाको ज्यान लिएको छ । कुल संक्रमितमध्ये ८७ जना निको भएका छन् ।

प्रकाशित मिति: २०२०-०५-२४ , समय : १६:४१:०४ , ४ वर्ष अगाडि