फेरी ७ जना थपिए, कोरोना संक्रमित ५९१ पुगे

Enepal Patra Pvt. Ltd. , ४१७  पटक हेरिएको

विराटनगर, १० जेठ। प्रदेश ५ मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ५९१ जना पुगेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा। राजेन्द्र गिरीले अपरान्ह सात जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभएको हो ।

रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएका हुन्।

प्रकाशित मिति: २०२०-०५-२३ , समय : १९:३८:४९ , ४ वर्ष अगाडि