सुर्खेतमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो

Enepal Patra Pvt. Ltd. , ४७२  पटक हेरिएको

काठमाडौं, १० जेठ ।  नेपालमा थप ३ जनामा कोरोना भइरसको संक्रमण देखिएको छ। सुर्खेतका ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार सुर्खेतका २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ। डा देवकोटाले मिडिया ब्रिफिङका दिउसो ३३ जना र बिहान ३२ जना संक्रमित थपिएको जानकारी दिएका थिए। सोही क्रममा उनले सुर्खेतमा पनि ३ जना संक्रमित थपिएको जानकारी दिएका हुन्।

सुर्खेतमा थप भएका ३ जना सहित आज शनिबार मात्र नेपालमा ६८ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति: २०२०-०५-२३ , समय : १९:१०:५३ , ४ वर्ष अगाडि